३० आश्विन २०८३, शुक्रबार

ओलीले भने, ‘सभापतिमा भट्टराईलाई छान्नु गल्ती भो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-sharma-oliकाठमाडौं, १ मंसिर । एमाले अध्यक्ष केपी ओलीले संवैधानिक राजनीतिक तथा संवाद सहमति समितिको सभापतिमा एमाओवादीका नेता बाबुराम भट्टराईलाई छान्नु गल्ती  भएकाले संविधान निमार्ण कटिन भएको बताएका छन् ।

समितिको सभापति छान्ने बेला ध्इान पुर्याएको भए अहिले जनताबीच संविधानको मस्यौदा गइसक्थ्यौ । गुलिया मिठा कुराका पछाडि लागेर, झूटा कुरा पत्याएर फसेकाले यस्तो भयो।

ओलीले भट्टराईको भूमिका समिति सभापतिभन्दा पनि पार्टी कार्यकर्ताजस्तो देखिएको आरोप लगाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

ओलीले भने, आफ्नो पार्टीको स्वार्थलाई देशको स्वार्थभन्दा माथि राख्ने, देशको स्वार्थ अल्झाउने, संविधान निर्माणको स्वार्थ अल्झाउने प्रयास भइरहेको छ।

समितिले प्रतिवेदन पठाएन भने कसरी संविधान बन्छ भन्ने जिज्ञासामा ओलीले भने, कुनै समितिको सभापतिले असहयोग गर्दैमा संविधान नबन्ने होइन। तर म ठान्छु उहाँले संविधान जारी गर्न प्रतिकूल हुने कुनै काम गर्नु हुनेछैन।

उनले संसदीय समितिहरूले जथाभाबी जसलाई मन लाग्यो, त्यसलाई बोलाएर हल्का हुन नमिल्नेसमेत बताए।

समितिहरूसँग संसदीय सर्वोच्चताको अधिकार हुन्छ भन्दैमा जसलाई मन लाग्यो त्यसलाई, जतिबेला मन लाग्यो त्यतिबेला, जे कुरामा मन लाग्यो त्यसमा बोलाउने, एकै मानिसलाई एउटाले पनि बोलाउने, अर्काले पनि बोलाउने हल्का तरिका अवलम्बन गरिनु हुँदैनु, ओलीले भने, कुनै स्वार्थ प्रेरित भएर कसैको कुनै व्यवसायका कारण काम गर्नु हुँदैन।