काठमाडौं, १ मंसिर । राजधानीको गोपीकृष्ण मुभिजमा दुई दिनअघि क्याम्पस ड्रेसमा फिल्म हेर्न गएको भन्दै बिद्यार्थीलाई प्रहरीले पक्राउ गरेपछि उसको कामबारे चर्चा उत्पन्न भएको छ ।
सामाजिक सञ्जाल ट्विटर, फेसबुक लगायतमा प्रहरीको यस्तो क्रियाकलापको विरोध भएको छ । तर उच्च माध्यमिक बिद्यालय परिषद् (हिसान)का अध्यक्ष उमेश श्रेष्ठले प्रहरीको कामको प्रशंसा गरेका छन् ।
उनले कलेज छाडेर कलेज ड्रेससमा चलचित्र हेर्न जानु गलत भएको बताउँदै यो प्रवृती अन्त्य गर्न जरुरी भएको बताए ।
उनका अनुसार दुई हप्ता अघि हिसान र महानगरीय प्रहरी आयूक्त कार्यालयले ७० भन्दा बढि प्लस टुका सञ्चालकलाई बोलाएर बिद्यार्थीको गतिविधीमा नियन्त्रण गर्न सल्लाह दिएको थियो । ‘हामीसंगको छलफलपछि नै प्रहरीले मदत गरेको हो’ उनले भने ‘सम्बन्धीत कलेजले नियन्त्रण गर्न नसक्दाको परिणाम हो ।’
समेत यसको विरोध गरेको छ । गएको शुक्रबार बिहान चाबहिल स्थित गोपीकृष्ण हलमा जेरी चलचित्र हेरेर निस्किएका १३ बिद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।
महानगरीय प्रहरी बृत गौशालाका प्रमुख नायब उपरिक्षक (डिएसपी) राकेश सिंहले आफूहरुलाई दुई सय भन्दा बढि बिद्यार्थीले कलेज पोशाकमा नै चलचित्र हेरिरहेको सुचना पाएपछि त्यसैको आधारमा वान टन ट्रक लिएर गएको बताए ।
उनले क्याम्पस हाताबाट नै बिद्यार्थीलाई अभिभाबकको जिम्मा लगाउन मुस्किल भएकाले गौशालमा ल्याएर अभिभाबकलाई फोन गर्न लगाउँदै सम्झाएर जिम्मा लगाइएको बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
सामाजिक मर्यादा भन्दा बाहिर गएर बिद्यार्थीले चलचित्र हेरेका कारण उनीहरुलाई संझाउन नियन्त्रणमा लिइएको दाबी गरे ।















प्रतिक्रिया