काठमाडौं, १ मंसिर । नयाँ नियमावली अनुसार तय गरिएको रोयल्टी घटाएपछि पनि रोयल्टी नतिर्ने र नवीकरण नगरी सञ्चालनमा रहेको क्यासिनो रोयललाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्द गराउने भएको छ ।
यसका लागि पर्यटनले गृह मन्त्रालयलाई शुक्रबार पत्र पठाइसकेको छ । ‘अहिलेसम्म विभिन्न दबाबका कारण चुप लागेर बस्नु परेको थियो,’ मन्त्रालयका उच्च अधिकारीले भने ‘अब धेरै भयो ।’
राजनीतिक दबाब दिएर क्यासिनो चलाइरहेका ती अधिकारीको दाबी छ ।
रोयलसंगै अन्य क्यासिनोले सरकारको राजस्व र मजदुरलाई दिनुपर्ने पारिश्रमिक नतिरेको अवस्था छ ।
क्यासिनो चलाउने कम्पनीले मजदुरलाई पारिश्रमिक नदिदाँ पिडीतहरु मन्त्रालयसम्म पुग्ने गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
राजस्व नतिरे कै कारण सरकारले गत बैशाखमा सबैलाई अबैध घोषणा गरेको थियो ।
‘होटलहरु राजस्व तिर्नेतिर गएकै छैनन्,’ एक अधिकारीले भने ‘बीचको मान्छेले मात्र पैसा खाएर जोगाइरहेको स्थिती छ ।’
दबाबकै कारण नयाँ नियमावली अनुसार तोकिएको चालु पूजी, अधिृकृत पुजी, दायित्व र रोयल्टी घटाउने चर्चा चलेको छ ।
यी सबैका लागि पर्यटन मन्त्रालय सकारात्मक भने छैन । उच्च अधिकारीका अनुसार तैपनि यसका लागि प्रस्ताव भने पठाइएको छ, जसलाई अर्थ मन्त्रालयले स्विकृती दिन जरुरी छ ।
यसअघि सरकारले गत साउनमा चालू आथिर्क वर्षको बजेट कार्यान्वयनका लागि बनाएको विधेयकमार्फत क्यासिनो रोयल्टीको सीमा घटाएको छ ।यसअघि नियमावलीमा ठूला क्यासिनोको रोयल्टी ४ करोड रुपैयाँ रहेकामा विधेयकले रकम परिमार्जन गर्दै ३ करोड रुपैयाँ रोयल्टी तिर्नुपर्ने व्यवस्था गरेको हो । ‘अझै पनि सन्चालक कम्पनीहरु रोयल्टी घटाउनु पर्ने भनिरहेका छन्,’ ती अधिकारीले भने ।
दश क्यासिनोमध्ये गत असोज देखि रोयलमात्र संचालनमा रहेको छ । जेठ महिना देखि बन्द क्यासिनो रोयल गत असोज ३ गते सर्वोच्च अदालतको आदेशमा खुलेको हो ।
मन्त्रालयले ल्याएको नयाँ नियमावलीअनुसार प्रत्येक क्यासिनोले ३५ करोड ५० लाखका दरले १० वटा ले ३ अर्व ५० करोड ५० लाख रुपैयाँ दायित्वको रकम जुटाउनु पर्ने हुन्छ ।
त्यस्तै रोयल्टीवापत ४ करोडका दरले सरकारलाई बुझाउनुपर्छ । क्यासिनो अन्ना होटल डेल अन्नपूर्णं, माजोङ होटल सोल्टी, सांग्रिला, रोयल होटल याक एन्ड यती, स्टार होटल हायात, एभरेष्ट होटल एभेरष्ट, भेनस होटल मल्ल र र्याड होटल र्याडिसन र पोखरामा फुलवारी होटल फुलवारी तथा पोखरा ग्रान्ड होटल पोखरा ग्रान्ड गरी १० वटा क्यासिनो रहेका छन् ।















प्रतिक्रिया