२९ आश्विन २०८३, बिहिबार

हङकङमा नेपाली विद्यार्थी साँझको चौंथो संस्करण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

90

हङकङ ।  हङकङको माटोमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई स्थापना गर्ने अभिप्रायले वर्षेनी आयोजना गरिदैँ आएको नेपाली विद्यार्थी साँझको चौंथो संस्करण युन लङ थियटर हलमा सम्पन्न भएको छ।

91

विभिन्न विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूको कविता वाचन, गीत, संगीत, नृत्यहरूको प्रस्तुती रहेको कार्यक्रमको संयोजन सगरमाथा किन्डरगार्टेनका संस्थापक एकराज राईले गरेका थिए। कार्यक्रममा बोल्दै ढिलो चाँडो हङकङमा नेपाली समाजको स्थापना हुने राईले बताए। हङकङका केही विद्यालयहरूमा नेपाली भाषामा पठनपाठन भइरहे पनि केही समय यता खस्कदै गएकोमा चिन्ता व्यक्त गर्दै यसलाई सबल बनाउनु पर्ने बताए।

93

विद्यार्थीहरूको विविध साँस्कृतिक कार्यक्रम नेपाली विद्यार्थी साँझसंगै चित्रकार दीपेन्द्र राईको संयोजनमा चित्रकला कार्यशाला तथा चित्रकला प्रदर्शनी सम्पन्न भएको छ। त्यस्तै यस पटक पनि टाँकी प्रकाशित भएको छ। नेपाली, अंग्रेजी र चिनीयाँ तीन भाषामा प्रकाशित टाँकीको यो चौंथो प्रकाशन हो।