पाँचथर, ३० कात्तिक । सरकार र सङ्घीय लिम्बुवान पार्टी नेपालबीच भएको पाँचबुँदे सहमति कार्यान्वयनको माग राख्दै सङ्घीय लिम्बुवान् पार्टी नेपालले पूर्वका नौ जिल्ला बन्दको आह्वान गरको छ ।
बन्दका कारण पाँचथर, इलाम, ताप्लेजुङ, झापा, तेह्रथुम, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा जिल्लामा बन्दको प्रभाव बिहानदेखि परेको छ । ती जिल्लामा चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन् भने बजार, पसल, कलकारखाना ठप्प छन् ।
अरुणपूर्वका नौ जिल्लालाई लिम्बुवान् स्वायत्त राज्य बनाउनुपर्नेलगायत पाँच बुँदामा सहमति भए पनि अहिलेसम्म कार्यान्वयन नभएकाले बाध्य भएर विरोधस्वरुप बन्द गर्नुपरेको सङ्घीय लिम्बुवान् पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले बताउनुभयो । बन्दका समयमा शववाहन, पे्रस र कूटनीतिज्ञको गाडी भने सञ्चालन हुन दिइने बताइएको छ ।















प्रतिक्रिया