काडमाडौं, ३० कात्तिक । काठमाडौ महानगरपालिकाले सार्क सम्मेलनमा आउने पाहुनालाई हरियाली र सुन्दर सहर देखाउन ब्यस्त फुटपाथमा गमला राखेको छ ।
सार्कका पाहुना हिड्ने सडकमा हरियाली देखाउन माइतीघरदेखि होटल सोल्टीसम्म बिरुवासहितका सिमेन्ट गमला राखिएको हो ।
महानगरले यी गमलाको मूल्य प्रतिगोटा एक हजार नौ सय ७४ रुपियाँ तिरेको छ । माइतीघरदेखि त्रिपुरेश्वर हुँदै कालीमाटी र त्रिपुरेश्वरदेखि सुन्धारासम्मको यात्रा गर्दा फुटपाटका दुवै तर्फ कमेरो रंग लगाइका गमला र बिरुवा देख्न सकिन्छ ।
सिमेन्टले बनेका यी गमला टाढाबाट हेर्दा माटोले बनेका भक्तपुरे कलात्मक गमला हुन् कि भन्ने भान पर्छ ।
महानगर सार्क तयारी समितिका सदस्य सचिव तथा वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठले सुन्दर तथा हरियालीका लागि गमला राखिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनका अनुसार पाँच सय गमला पाहुना हिड्ने बाटोमा बिरुवासहित राख्न लागिएको छ ।
यी गमला एकान्तकुनामा रहेको ललित कलाकेन्द्रले बनाएको हो । केन्द्रका सञ्चालक महेश राजबंशीले महानगरपालिकाले अन्तिम समयमा गमला बनाउन दिएकाले कामको निकै चटारो भएको बताए ।
केन्द्रमा कामदार र राजवंशी आफै पनि गमला बनाउन ब्यस्त छन् ।















प्रतिक्रिया