३० आश्विन २०८३, शुक्रबार

केशव स्थपितको लीला, कहिले यता कहिले उता ? फेरि एमाले बन्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Keshab-Sthapitकाठमाडौं, ३० कात्तिक । युवा संघ नेपालका पूर्वअध्यक्ष तथा पूर्वमेयर केशव स्थापित तेस्रोपटक एमालेमा प्रवेश गर्ने भएका छन् ।

स्थापितसहित उनको दल संघीय समाजवादी पार्टीका दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

स्थापितसहितका नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पार्टी कार्यालय बल्खुमा स्वागत गर्ने समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

दोस्रो संविधानसभा निर्वाचनअघि स्थापितले एमाले परित्याग गरेका थिए ।

काठमाडौं क्षेत्र नं. ६ मा युवानेता योगेश भट्टराईलाई टिकट दिएपछि असन्तुष्ट स्थापित संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनले १०५० मत पाएका थिए ।

स्थापित काठमाडौं महानगरपालिको मेयर हुँदा चर्चित थिए । एमाले फुटेपछि नेकपा मालेमा गएका उनी त्यसपछि राजावादी पार्टी प्रजा परिषदको अध्यक्ष र संघीय समाजवादी पार्टीमा गए ।