काठमाडौं, ३० कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गर्न थालेपछि सरकारी कर्मचारीले हुन्डीमार्फत घुस कारोबार गर्न थालेका छन् ।
जोखिम कम रहेको भन्दै सेटिङ मिलाएर हुन्डीमार्फत घुस लेनदेन हुन थालेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
अख्तियारका प्रबक्ता श्रीधर सापकोटाले कर्मचारीको घुस लिने तरिका फेरिएको सूचना आयोगले पाएको बताए ।
‘३–४ तह बनाएर घुस लिनेदेखि हुन्डीबाट पनि लेनदेन हुने गरेको बुझिएको छ प्रबक्ता सापकोटाले भने चोरहरु सधै प्रहरीभन्दा अगाडि हुन्छन् ।
अघिल्लो शुक्रबार २१ लाख ४० हजार घुससहित पक्राउ गरेका अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका नायब सुब्बा हरिवंश कार्कीमाथि अनुसन्धान गर्ने क्रममा पनि हुन्डीमार्फत नै घुस लिने गरेको खुलेको छ ।















प्रतिक्रिया