३० आश्विन २०८३, शुक्रबार

भारतको गाडी नचढ्ने, पाकिस्तानका प्रधानमन्त्रीले आफ्नै गाडी चढ्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nawaj Sarifकाठमाडौं, ३० कात्तिक । सार्कको आगामी शिखर सम्मेलनमा सहभागी हुन आउने एक सदस्य राष्ट्रले भारतबाट ल्याइएका गाडी नचढ्ने भएको छ ।

सरकारले भारतसँग सहयोगस्वरुप गाडी ल्याएकामा कूटनीतिक रुपमा विरोध जनाउँदै पास्कितानी प्रतिनिधिमण्डलले आफू सवार रहने गाडी आफैं ल्याउन लागेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी झै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पनि आफू चढेने गाडी आफ्नै मुलुकबाट ल्याउने जानकारी दिइसकेको उच्च स्रोतले पुष्टि गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

अन्य अधिकारीका हकमा पनि केही गाडी इस्लामाबादबाट ल्इाइने पाकिस्तानले जानकारी दिएको छ ।