काठमाडौं, ३० कात्तिक । महानगरीय प्रहरी बृत बालाजुमा केहि दिन अघि एउटा उजुरी पर्यो ।
आफूलाई प्रहरी निरीक्षक बताउने ब्यक्तिले सक्कली गहना लगेर नक्कली दिएर ठग्यो । प्रहरीले अनुसन्धान सुरु गर्यो ।
प्रहरी निरीक्षकले नै ठगेको भनेपछि उसले त्यसरी आरोप लागेका ब्यक्तिलाई पक्राउ गर्यो ।
तर ती ब्यक्ति प्रहरी थिएनन् । उनको पर्सबाट प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो मात्र फेला पर्यो ।
रुपन्देही घर भएका शिबलाल भण्डारीले दुई महिना अघि ति युवतीसँग चिनजान गरेका रहेछन् ।
सक्कली नाम लुकाएर उनले आफूलाई सागर श्रेष्ठ भनेर चिनाएछन् । अनि पर्सबाट फोटो झिकेर आफू नेपाल प्रहरीको ईन्सपेक्टर भएको बताएछन् ।
श्रीमानसंग अलग्गिएर बसेकी ति युवतीलाई भण्डारीले बिहेको प्रस्ताव राखेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
नेपाल प्रहरीको प्रहरी निरीक्षक, बुटवल घर भएको केटोको प्रस्ताब आएपछि ति युवतीले नमान्ने कुरै भएन ।
प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो बोकेको युवकले बिहेको प्रस्ताब राखेपछि घरमा कुरा अघि बढ्यो ।
ति युवतीले आफ्ना दिदिलाई चिनाइन् । युवकले पनि दिदी भन्दै सामिप्यता बढाए । बिहेको कुरो टुङगिन नपाउँदै भण्डारीले घरका गरगहनाका बारेमा मेसो पाइसकेका थिए ।
उनलाई बिहे गर्न लागेकी युवती र उनकी दिदीले सुनका गरगहना देखाए । बिहे गर्न के कति खर्च गर्ने भनेर गहना देखाएका थिए ।
ति युवकले मंगलसुत्र, औठी र सिक्रि सानो भएको भन्दै आफूले ठुलो बनाएर ल्याउने भन्दै लगे ।
हुन पनि उनले एकै दिनमा सानो सिक्रिलाई ठुलो बनाएर ल्याइदिएका थिए । अर्को दिन फेरी उनले त्यसै गरेर औठी र सिक्री लिएर गए ।
अनि बेलुका अरु गहना लिएर घर पुगे । तर बिहे गर्ने कुरो टाल्दा टाल्दै उनी फरार भएपछि प्रहरी पीडित युवतीको उजुरीका आधारमा पक्राउ गरेको थियो ।
बालाजु बृतले पक्राउ गरेपछि मात्र थाहा भयो उनी त प्रहरी निरीक्षक पनि होइनन् । ति युवतीसँग बिहे पनि गर्ने थिएनन् ।
भण्डारीले श्रीमती र छोरोलाई दुईवर्षअघिदेखि बुटवलमा डेरा कोठा लिएर अलपत्रै छाडेर हिडेका थिए । उनले प्रहरी निरीक्षकको फोटो बुटवलको फोटो स्टुडियोमा खिचेको बताएका छन् ।
बालाजु बृत प्रमुख नायब उपरीक्षक (डिएसपी) अर्जुन रानाभाटले उनी माथी थप अनुसन्धान भईरहेको बताए ।
भण्डारीले अरु ब्यक्तिलाई समेत ठगी गरेको हुनसक्ने अनुमान गर्दै त्यसरी कोही ठगिएको भए खबर गर्न समेत अनुरोध गरेको छ ।















प्रतिक्रिया