काठमाडौं, २९ कात्तिक । प्रधानमन्त्रीसहित सरकारका २४ मन्त्री र उनीहरुको सचिवालयका कर्मचारीको तलब, भत्ता लगायतको सुविधामा मासिक ५६ लाख रुपैंयाँ खर्च हुने गरेको छ ।
प्रधानमन्त्रीबाहेक २३ मन्त्रीले सवै सुविधा प्रयोग गर्दै आएका छन् ।
प्रधानमन्त्रीसहित २४ जना मन्त्रीको स्वकीय सचिवालयमा हाल एक सय ८१ जना पदाधिकारी तथा कर्मचारी कार्यरत छन् ।
प्रधानमन्त्री र मन्त्रीसहित ती कर्मचारीको तलब, भत्तालगायतका सुविधामा मासिक ५६ लाख पाँच हजार चारसय रुपैंयाा खर्च हुने गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाले स्वकीय सचिवालयमा सल्लाहकार, सहयोगीसहित ४५ जना कर्मचारी भर्ना गर्न पाउाछन् ।
तर उनले २० जना मात्रै कर्मचारी राखेका छन् ।
दुई उपप्रधानमन्त्रीले आठ९आठ जना कर्मचारी राखेका छन् भने २१ मन्त्रीले स्वकीय सचिवालयमा सात-सात जना कर्मचारी भर्ना गरेका छन् ।















प्रतिक्रिया