३० आश्विन २०८३, शुक्रबार

हिमानी र पारसको सम्बन्ध औपचारिक मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Himani-Shahकाठमाडौं, २९ कात्तिक । चार वर्षदेखि थाइयाल्डको राजधानी बैंककमा बस्दै आएका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानीको सम्बन्ध अव कानुनी रुपमा मात्रै सिमित भएको छ ।

उनीहरु दुईबीचको पारिवारिक र भावनात्मक सम्बन्ध पूर्ण रुपमा टुटिसकेको पारसका साथीहरु बताने गरेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

पारस बैंककमा थाइल्याण्ड युवती केन्निका च्यान्साइसँग बसेका छन् ।

उनी प्रेमिका छाड्नै नसक्ने अवस्थामा पुगेपछि हिमानीसँगको सम्बन्ध करिब करिब टुटिसकेको अवस्था छ ।

प्रेमिकाकै कारण पारस र हिमानीको सम्बन्ध बिग्रिएको हो ।