काठमाडौं, २९ कात्तिक । पूर्वयुवराज पारस शाहलाई थाई प्रहरीले पुन: पक्राउ गरेको छ ।
थाइ अदालतको तारिख गुजारेको अभियोगमा गत बुधबार उनी पक्राउ परेको स्रोतले जनायो ।
उनी पक्राउ परेको विषयमा प्रेमिका कन्निकाबाहेक अरुलाई जानकारी छैन ।
यद्यपी बैंककमा बस्दै आएका नेपालीले बिहीबार पारसलाई प्रहरी हिरासतमा नै गएर भेट गरेका छन् ।
अदालतको आदेश उल्लघन गरेपछि उनी पक्राउ परेका हुन् ।
यसअघि ३० लाख धरौटी लिइ तारेखमा छाडेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।















प्रतिक्रिया