काठमाडौं, २९ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १८ औं शिखर सम्मेलनसँगै नेपाल र अन्य सदस्य मुलुकहरुबीच छुट्टाछुट्टै दुई पक्षीय औपचारिक बार्ता हुने निश्चित भएको छ ।
छिमेकी मुलुक भारतसंगको औपचारिक बार्तालाई सम्मेलनसँगै अर्को महत्वको पाटोको रुपमा सरकारले लिएको छ र त्यही अनुरुपको तयारी अघि बढाएको छ ।
‘शिखर सम्मेलनमा सहभागिको साथै यो दुईपक्षीय भ्रमण पनि हो । आयोजक मुलुकसंग दुईपक्षीय बार्ता अन्तराष्ट्रिय प्रचलन नै हो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण शिखर सम्मेलनमा सहभागितासँगै दुईपक्षीय भ्रमण पनि रहेकोले यसमा क्षेत्रीय तयारीसंगै मन्त्रालयले दुई पक्षीय सम्वन्धमा गरिने छलफल र भएका प्रतिवद्धताको कार्यावन्यनको पाटोमा समेत छलफलको एजेण्डा तय गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
भारतसंग बाहेका अन्य मुलुकसंग पनि दुइपक्षिय छलफलहरु हुने हुनाले त्यसको तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको ति अधिकारीले बताए । भारतका प्रधानमन्त्रीको जनकपुर, लुम्विनी र मुक्तिनाथ भ्रमण सार्कको रिट्रिट वा साइड सिनको रुपमा नभएर दुई पक्षीय हो भन्दै ति अधिकारीले भने, ‘जनकपुरमा नागरिक अभिनन्दन पछि मोदीजी बोल्नुहुने कार्यक्रम छ ।’
लुम्विनीमा पनि बृक्षारोपण पछि केही प्रवचन दिने कार्यक्रम रहेको ती अधिकारीले स्पष्ट पारे । अभिनन्दन पछि उहालाई बोल्न दिनपर्यो भन्दै यस्तो कार्यक्रम रहेको ति अधिकारीलेस्पष्ट पारे ।
भारतका प्रधानमन्त्री मोदीले गत साउनमा गरेको भ्रमणक्रममा भएका प्रतिवद्धताहरु र त्यसपछि दुई पक्षीय विभिन्न संयन्त्रमा बसेको बैठक र कार्यावन्यन पक्षमा प्रधानमन्त्री सुशील कोइरालासंगको छलफलमा समिक्ष हुने अधिकारीले बताए ।
कतिपय मुलुकहरूसंग प्रधानमन्त्री कोइरालाले राष्ट्रसंघमा समेत अनौपचारिक दुई पक्षीय साइडलाइन भेटवार्ता गरेका थिए ।
शिखर सम्मेलनको समय भए पनि अहिले भने औपचारिक रुपमा नै भारत, श्रीलंका, भुटान, पाकिस्तान र बंगलादेशसंग छलफलको टुंगो लागि सकेको छ ।
माल्दिभ्स र अफगानिस्तानका राष्ट्रपतिसंग पनि प्रधानमन्त्री कोइरालाले साइडलाइन शिष्टाचार भेटबार्ता गर्नेछन् ।
शिखर सम्मेलनमा आउनेहरुले प्रधानमन्त्री कोइरालासंग भेटवार्ता गर्ने कार्यक्रमहरु तय भइरहको परराष्टमन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीले बताए ।
आयोजक मुलुकका प्रधानमन्त्रीसंग शिष्टचार भेट हुने हुनाले यसमा दुईपक्षिय मामिलामा छलफल हुने उनले स्पष्ट पारे ।
शिखर सम्मेलनसंगै दुईपक्षीय छलफल पनि रहेकाले विभिन्न क्षेत्रमा मोदीको भ्रमण समेत हुने भएको हो ।
भारतसंग सवारी साधन सम्झौता समेत सोही भेटघाटको अवसरमा हुनेछ ।
त्यस्तै उर्जा ब्यापारको विषयमा भएका सम्झौता, सीमाका विषयमा भएको प्रगती, पूर्वाधार विकासमा भारतले गर्ने सहयोगको कार्यवन्यन, टमोदीलेसार्क शिखर सम्मेलनको समयमा आफू जनकपुर र लुम्विनी जाने गरि नेपाल आउने यसअघि नै बताइसकेकोले त्यही ट्रमा सेन्टरको उदघाटन लगायतले मोदीको भ्रमण सार्क संगै दुई पक्षीय कार्यक्रम पनि उत्तिकै रहेको स्पष्ट छ ।















प्रतिक्रिया