काठमाडौं, २८ कात्तिक । सरकारले काठमाडौं उपत्यकामा जग्गाको बजार मूल्यलाई समयसापेक्ष बनाउन नयाँ मूल्याङकन तोकेको छ ।
जग्गाको प्रकृति र स्थान हेरी आनाको न्यूनतम ७ हजारदेखि ४० लाख रुपैयाँसम्म निर्धारण गरिएको छ ।
सरकारले साउनदेखि नै नयाँ मूल्याङकन गरेपनि बजारमा कारोबार भने तेब्बर मूल्यसम्म भइरहेको छ ।
सरकारले काठमाडौंको केशरमहलद्धारदेखि पश्चिम ठमेल हुँदै क्षेत्रपाटीचोकसम्म, इन्द्रचोक, हनुमोनढोका, असन, जमल, माइतीघर, सिंहदरबार पश्चिम गेट कमलादी, सुन्धारा न्यूरोड सुन्धारा लगायतका स्थानको जग्गाको मूल्य प्रतिआना ४० लाख सम्म तोकेको समाचार आजको कारोबार दैनिकले छापेको छ ।
सबैभन्दा बढी मूल्य कुपन्डोल, पुल्चोक धोबीघाट, जावलाखेल, महालक्ष्मीस्थान, लगनखेल, कसुन्ती, कुमारीपाटी लगायतका मुल सडक जोडिएको जग्गाको प्रतिआना ७ लाख ५६ हजार रुपैयाँ मूल्याङकन राखिएको छ















प्रतिक्रिया