३० आश्विन २०८३, शुक्रबार

मदिरा सेवन गर्ने डिआइजी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागलुङ, २८ कात्तिक । राष्ट्रिय सर्तकता केन्द्रका डिआइजी रोशनराज पन्त मदिरा सेवन गरेको अवस्थामा पक्राउ परेका छन् ।

बा १ झ १९ नम्बरको सवारीमा आएका पन्तले म्याग्दी र बागलुङका प्रहरी र कर्मचारीलाई समेत धम्क्याएको खुलेको छ ।
पन्तको धौलागिरी अञ्चल अस्पतालमा मपसे जाँच गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

भ्रष्टाचारविरुद्ध सामूहिक अभियान कार्यक्रमका लागि आएका पन्त पक्राउ परेपछि शुक्रबार हुने भनिएको उक्त कार्यक्रम स्थगित गरिएको छ । पन्तलाई प्रहरीले सुरक्षा दिएर लुकाएर राखेको छ ।

पन्त पक्राउ परेपछि केन्द्रीय तहको दवावले जिल्ला प्रहरी प्रमुख प्रेम बस्नेत, प्रमुख जिल्ला अधिकारी बलदेव गौतम सम्पर्कविहीन भएका छन् ।

अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक सुवासचन्द्र चौधरीले उक्त जानकारी जिल्लाले बताउने भन्दै बोल्न चाहेनन् ।

कारवाही हुने डरले प्रहरीका सूचना अधिकारी, ट्राफिक प्रमुख समेत सम्पर्कविहीन भएका छन् । पन्तले म्याग्दीमा पनि प्रहरीलाई धम्क्याएका थिए ।

म्याग्दीको गलेश्वरमा खाना खाएको, महिलालाई अपमान हुने शब्द बोलेको लगायत उजुरी समेत आएपछि बागलुङको ट्राफिकले उनलाई पक्राउ गरेको थियो ।