२८ आश्विन २०८३, बुधबार

जनचेतना जगाउ १८ मिटर अग्लो गुलाबी कन्डम प्रयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

condomसिड्नी । सिड्नीमा एचआईभीका विषयमा जनचेतना जगाउने नयाँ अभियानको एक भागको रूपमा १८ मिटर अग्लो गुलाबी कन्डम ठड्याइएको छ ।

उक्त कन्डम नगरको मध्य भागमा रहेको हाइड पार्कको सम्पदा सूचीमा रहेको स्मारक नजिकै ठड्याइएको जानकारी दिइएको छ ।

उक्त अभियानका सरिक एड्स काउन्सिल अफ न्यु साउथ वेल्सका निकोलस पार्खिलले निकै गाडी चल्ने तथा सबैले देख्न सकिने स्थानमा उक्त कन्डम स्थापना गरिएकाले त्यसले धेरैको अभिरुचि जगाउने बताए ।

पार्खिलले एड्स रोग लगाउने विषाणु एचआईभीविरुद्ध नयाँ औषधि सक्षम भए पनि कन्डम अझै पनि यो रोग फैलन नदिने प्रमुख साधन भएको बताए ।

उनले डिसेम्बर १ मा विश्व एड्स दिवससम्म यो सन्देश फैलाउन निरन्तर रूपमा नयाँ बाटो खोज्नुपर्ने उल्लेख गरे ।

अर्कोतिर अस्ट्रेलियन क्रिस्चियन लबीका विन्डी फ्रान्सिसले यस प्रकारको प्रचार निराशाजनक भएको र बालबालिकाले देख्ने गरी सार्वजनिक स्थलमा यस्तो काम गर्नु अनुपयुक्त भएको बताए ।

अस्ट्रेलियामा सन् २०१३ मा एचआईभी भएका एक हजार २३५ व्यक्ति फेला परेका छन् ।

उक्त ठूलो कन्डम उक्त स्थानमा बुधबारसम्म रहने बताइएको छ । एएफपी