काठमाडौ, २६ कात्तिक । दुई वर्षअघि एमाओवादीबाट अलग भएको नेकपा-माओवादी विभाजनको संघारको पुगेको छ ।
अध्यक्ष मोहन बैद्यसँग असन्तुष्ट सचिव नेत्रविक्रम चन्दले पार्टी पोलिटव्यूरो बैठक बहिष्कार गरी छुट्टै भेला बोलाएका छन् ।
चन्द पक्षीय एक केन्द्रीय सदस्यका अनुसार भेला उपत्यका बाहिर बोलाइएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘प्रत्येक जिल्लाबाट वरिष्ठ दुई जना पार्टी सदस्यलाई भेलामा बोलाएका छौं, अब सँगै बस्ने वा फरक कार्यदिशासहित बाहिरिने भन्ने त्यहीं भेलाले तय गर्छ’, ति केन्द्रीय सदस्यले भने, ‘पार्टी घोषणा नगरे पनि कार्यदिशा र विचारको आधारमा अलग भइसके जस्तै हो ।’
उपत्यका बाहिर रहेका सचिव चन्दले बुटवल वरपर भेला हुन सबैलाई निर्देशन दिएको ति केन्द्रीय सदस्यले जानकारी दिए ।
बुधबार र विहीबार बोलाइएको भेलाको स्थान भने निश्चित गरिएको छैन् ।
‘यतै वरपर कतै होला, अब हामी विद्रोह स्वरुप एक्सन सुरु गछौं, त्यसको स्वरुप र खाकाबारे छलफल गरेरमात्र बाहिर ल्याउँछौु’ ति सदस्यले भने ।
तर, एक्सन बारे भने उनले खुलाउन चाहेनन । चन्द समूहले पहिलो एक्सन अन्तर्गत नयाँ जनवादी क्रान्ति जिन्दवाद नारा लेख्दै वालपेन्टिङ गरेका छन् ।
चन्दले उपत्यका ३० भन्दा बढी स्थानमा भित्ते लेखन गरेको छ ।
मुलुकका विभिन्न स्थानमा यही नारा उल्लेख गर्दै भित्ते लेखन गरेको छ । नेकपा-माओवादीले ०५२ मा जनयुद्ध सुरु गर्नुअघि पनि यसैगरी भित्तामा लेखेका थिए ।
चन्दले समूहले भित्ते लेखन सुरु गरेपछि बैद्य पक्ष संसकित भएको छ । भेलाबाट चन्द पक्ष भूमिगत हुनेरनहुने तयसमेत गर्ने छ ।
पार्टी विरोधी गतिविधीको आरोप
नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले सचिव नेत्रविक्रम चन्दलाई पार्टी विरोधीको गतिविधि गरेको आरोप लगाएका छन् ।
राजधानीमा जारी दुई दिने पोलिटव्युरो निर्णयलाई सार्वजनिक गद अध्यक्ष बैद्य उक्त आरोप लगाएका हुन् ।
पोलिटव्युरो बैठकले यस्तो गतिविधि तत्काल बन्द गर्न समेत नर्देशन दिएको छ । चन्दले उपत्यका बाहिर गर्न लागिएको भेला तत्काल रोक्न विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष बैद्य र महासचिव रामबहादुर थापा संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘केही जिम्मेवार कमरेडहरुबाट पार्टी पद्धति विपरीत अलग ढङ्गले गतिविधि गरिरहेकाले उक्त गतिविधिहरु तत्काल बन्द गरी पार्टीलाई एकतावद्ध तुल्याउन निर्देशन दिने ।’
बैठकले कर्तिक २९ गते केन्द्रीय समिति र मंसिर ६ गते केन्द्रीय समिति विस्तारित बैठक बोलाउने निर्णय समेत गरेको छ ।
बैठकमा केन्द्रीय कसल्लाहकार र वैकल्पिक केन्द्रीय सदस्यसमेत सहभागी हुन पाउनेछन् ।















प्रतिक्रिया