३० आश्विन २०८३, शुक्रबार

प्रवासी नेपाली मञ्च कतारको भेला सम्पन्न

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । प्रवासी नेपाली मञ्च कतारको भेला सम्पन्न भएको छ । मञ्चका अध्यक्ष दिल किरण खजुको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपसचिव हरीकुमार वस्नेतले स्वागत र सचिव छविलाल प्युठानीले सञ्चालन गरेका थिए ।

मञ्चका उपाध्यक्ष चानक पोखरेल, सचिव सचिव छविलाल प्युठानी, उपसचिव हरीकुमार वस्नेत, सचिवालय सदस्य कमल मणि गुरागाईं, मुनाफ मीया, सल्लाहकार परिषद अध्यक्ष नरेश श्रेष्ठ, सल्लाहकार परिषद सचिव जीयावावु खान, सल्लाहकार परिषद सदस्य सागर नेपाल, एनआरएनए आईसीसी उपाध्यक्ष टिवी कार्की, एनआरएनए आईसीसी गल्फ सहसंयोजक पुर्ण के.सी. एनआरएनए आईसीसी सदस्य द्धय अमृत गुरुङ, उमेश अधिकारी, एनआरएनए एनसीसी अध्यक्ष मक्सुद आलम, ईलाका नं. १ दोहाका अध्यक्ष वालकृष्ण भित्रीकोटी, ईलाका नं. २ का सचिव कृष्ण थपलिया, ईलाका नं. ३ का अध्यक्ष सुवास कार्की, ईलाका नं. ४ का अध्यक्ष रामनाथ शर्मा ईलाका नं. ५ का उपाध्यक्ष तेज वहादुर गिरी लगायत मञ्चका सदस्यहरुको उल्लेख्य मात्रमा उपस्थिती रहेको थियो ।

आगामी डिसेम्वर १८–१९ मा सम्पन्न हुन गै रहेको मञ्चको चौथो अधिवेसनको आवश्यक तयारी, व्यावस्थापन लगायत विविध विषयमा केन्द्रित भएको भेलामा मञ्चका सदस्यहरुको उत्साहजनक उपस्थिती रहेको कुरा मञ्चले जनाएको छ ।

मञ्चका अध्यक्ष दिलकिरण खजुमले विगतमा मञ्चको नेतृत्व सर्वसम्मतले नै चयन हुँदै आएको वताउँदै चौथो अधिवेसनले पनि सर्वसम्मतढंगले नेतृत्व चयन गर्नेछ त्यसको लागि सवै सदस्यहरुको भुमिका रहनु पर्नेमा जोड दिनु भयो । अध्यक्ष खजुमले हालसम्म भएको अधिवेसन तयारीका सम्वन्धमा जानकारी समेत गराउँनु भएको थियो ।

  सो अवसरमा मञ्चका  मञ्चका उपाध्यक्ष चानक पोखरेल, सचिवालय सदस्य कमल मणि गुरागाईं सल्लाहकार परिषद अध्यक्ष नरेश श्रेष्ठ, सल्लाहकार सदस्य सागर नेपाल, एनआरएनए आईसीसी उपाध्यक्ष टिवी कार्की, एनआरएनए आईसीसी सदस्य अमृत गुरुङ र ईलाका नं. ४ का अध्यक्ष रामनाथ शर्माले मन्तव्य राखेका थिए ।