२९ आश्विन २०८३, बिहिबार

अर्थमन्त्री महतको आदेशपछि उपसचिव शाह पक्राउ गर्न पछि हट्यो अख्तियार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aakhatirकाठमाडौँ, २५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ लाख ४० हजार घुससहित एयरपोर्ट भन्सारका सुब्बालाई पक्राउ गर्दाको रात प्रधानमन्त्रीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसम्मले ठूलै तनाव झेल्नुपरेको छ ।

धुम्बाराहीको मुनलाइट क्याफेमा घुससहित पक्राउ परेका सुब्बा हरिवंश कार्कीले उक्त रकम आफ्ना हाकिम सुदीपचन्द्र शाहका लागि लिएको बताएका थिए ।

लगत्तै घटनास्थल पुगेका एसपी शेरबहादुर बस्नेतले त्यसबारे माथिल्लो तहमा जानकारी गराएपछि अख्तियारले अर्काे टोलीलाई उपसचिव शाहको घरमा छापा हान्न तयार बनाएको थियो ।

आयोगका डिएसपी थानेश्वर रेग्मीको टोली तयार थियो । उपसचिव शाहको बुढानिलकण्ठमा ठूलो महल रहेको समेत पत्ता लगाएर हिंडेपछि एक्कासी टोली फर्कनुपरेको थियो । स्रोतका अनुसार माथिल्लो तहबाट उनलाई तत्काल पक्राउ नगर्न दबाब आएपछि त्यसरी टोली फर्किएको हो ।

आयोगमा लोकमानसिंह कार्की नियुक्ति भएपछि अर्थमन्त्री डा. रामशरण महतको दबाबमा टोली फर्केको यो पहिलो घटना भएको स्रोत बताउँछ । उपसचिव शाहको माथिल्लो तहमा कनेक्सन भएकाले त्यसरी उनलाई तत्काल पक्राउ नगरिएको स्रोत बताउँछ । नायब सुब्बा कार्कीले मिडियासँगै उक्त पैसा उपसचिव शाहको भएको बताएकाले उनलाई आइतबार निलम्बन गरिएको छ ।

प्रमाणहरूका आधारमा शुक्रबार नै उनलाई हिरासतमा लिनुपर्ने अवस्था छ । तर, सुब्बा कार्कीको बयान फेर्न लगाएर उनलाई उन्मुक्ति दिने खेल अख्तियारमा सुरु भइसकेको छ ।

स्रोतका अनुसार उपसचिव शाह अर्थमन्त्री रामशरण महतका विश्वासिला व्यक्ति हुन् । त्यही कारण एयरपोर्ट भन्सारका प्रमुख रहेका सहसचिव ईश्वरजंग कार्कीलाई त्यहाँबाट हटाएर उपसचिव शाहलाई निमित्तको जिम्मेवारी दिइएको थियो । जबकि अर्थ मन्त्रालयमा टन्नै सहसचिवहरू छन् ।

मन्त्री महतका पीए रामेश्वर महतमार्फत् मन्त्री महतले रकम असुल्ने गर्दथे । एयरपोर्टमा पछिल्लो समय सुनका मुद्दामा करोडौं असुल्ने योजनाका साथ शाहलाई मन्त्री महतले कामुको जिम्मेवारी दिएर धमाधम मुद्दा फैसला गर्न लगाइएको थियो । जरिवाना मात्र गरेर शाहले एक महिनामा १० जना भन्दा धेरै भारतीय सुन तस्करहरूलाई छुटाइसकेको अनुसन्धानमा खुलेको छ ।

असोज २३ गते पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई पनि जरिवाना गरेर छुटाउन खोज्दा शाहका बिश्वासिला सुब्बा कार्की पक्राउ परेका थिए । दृष्टिबाट