३० आश्विन २०८३, शुक्रबार

कोइरालाका पुराना सहयोगीहरु टाढिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koiralaकाठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री सुशील कोइरालाका पुराना सहयोगीहरु क्रमशः टाढिदै गएका छन् । प्रधानमन्त्री नहुँदैदेखि साथ दिँदै आएका अनुभवी नेताहरु पनि कोइरालासँग चिढिएका छन् ।

कुनैबेला सरकार र सरकार चलाउने कोइरालाका खास सल्लाहकार मानिने कांग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडु, संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, दीलबहादुर घर्ती, पद्मनारायण चौधरी, मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मन्सुरलगायतका नेताहरु अचेल किनारा लागेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

कुनैबेला उनीहरु कोइरालाको ‘किचेन क्याबिनेट’का प्रभावशाली सदस्य मानिन्थे । अचेल उनीहरु कोइरालासँग सन्तुष्ट छैनन्, कोइरालाले पनि खासै ‘लिफ्ट’ दिएका छैनन् ।

प्रधानमन्त्री कोइरालाले पछिल्लोपटक मन्त्रीपरिषद् विस्तार गरुञ्जेल पनि त्यो समूहको बालुवाटारमा आउजाउ बाक्लै थियो । ‘बिहान सुशील’दा उठ्नुअघि पुग्ने बेलुका सुतेपछि फर्किने’ गर्छन् भनेर कांग्रेसवृत्तमै उनीहरुमाथि ब्यङग्य हुन्थ्यो ।

प्रवक्ता बडु र संगठन विभाग प्रमुख ढुंगानाबाहेक त्यो समूहका अन्य सदस्य अचेल बालुवाटार ओहोरदोहोर कमै गर्छन ।

बडु र ढुंगानाको आउजाउ पनि पातलिएको छ । स्रोतका अनुसार उनीहरुले पनि विगतमा जस्तो निकट भएर सल्लाह दिँदैनन्, कोइरालाले पनि सल्लाहका निम्ति उनीहरु भन्दा अरुलाई नै रोज्छन् ।