काठमाडौं, २५ कात्तिक । कसैको प्रेममा छु भन्दै आएकी नायिका नीता ढुंगानाले फेसबुक मार्फत आफ्नो ब्वाइफेन्ड सार्वजनिक गरिन ।
नीता त फूलै फूलको मौसम तिमीलाइ फिल्ममा आफूसँगै काम गरिरहेका अभिनेता अमेश भण्डारीको प्रेममा रहिछन् ।
सगरमाथा आरोहण गरेरभन्दा प्रेमी सार्वजनिक गरेर निशा अधिकारीले बढी चर्चा बटुलिन ।
केही समयअघि उनले पनि फेसबुकमार्फत आफू र क्रिकेटर सरद भेषवाकरसँग गहिरो प्रेममा रहेको जनाउ दिएकी हुन ।
पूर्वमिस नेपाल मलिनाजोशी र अभिनेता अनुपविक्रम शाहीको पनि अफेयरको चर्चा हुने गरेको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
एकताका निकट साथी अभिनेता भुपेन चन्द र सौजन्या सुब्बाले घरजम नै जोडिसके ।
अभिनेता सबिन श्रेष्ठ र अभिनेत्रि नम्रता झाको लभ परेको धेरै भइसक्यो । पछिल्लो समय रेखा थापा सुर्दशन गौतमको प्रेममा रहेको बताउँदै आएकी छिन् ।
जिया केसी र भुवन केसीको सम्बन्धबारे सबैलाई थाहा नै छ ।















प्रतिक्रिया