काठमाडौं, २५ कात्तिक । सार्क शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेत्री सुजाता कोइरालालाई फस्ट लेडी राख्ने भएका छन् ।
अविवाहित प्रधानमन्त्री कोइरालाले सुजातालाई प्रथम महिलाका रुपमा सार्कमा सहभागी गराउने निर्णय गरेका हुन् ।
कोइरालाले सुजाताको नाम परराष्ट्र मन्त्रालयमा पठाएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
सार्क राज्य तथा सरकार प्रमुखको अतिथि सत्कार तथा अन्य समारोहमा सुजाताले फस्ट लेडीको हैसियत प्राप्त गर्नेछिन् ।















प्रतिक्रिया