दोहा । प्रवासी नेपाली मञ्च कतारको भेला भव्यताका साथ सम्पन्न भएको छ ।
नेकपा एमालेका युवा नेता विष्णु रिमालले भेलाको उद्घाटन गर्दै संविधान निर्माणमा एमालेले खेलेको भुमिका बारे प्रकाश पार्नुभएको थियो । संविधान निर्माणमा मुख्य विवादित विषय भनेको संघियतामा जाँदा कति वटा प्रदेश वनाउने र प्रदेशको नामाकरण वहुपहिचान वा एकल पहिचान रहने भन्नेमा नै विवाद रहेको उहाँले ७ प्रदेशमा सहमति हुनुपर्ने एमालेको अडान सुनाउनुभयो । धेरै प्रदेश बनाएर देशलाई असफल राष्ट्र वनाउन नहुने बताउँदै उहाँले सबैलाई स्वीकार हुने खालको वहुपहिचानको आधारमा संघियता वनाउनुपर्ने वताउनुभयो ।
मञ्चका अध्यक्ष दिल किरण खजुमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसचिव हरिकुमार वस्नेतले स्वागत र सचिव छविलाल प्युठानीले सञ्चालन गरेका थिए । मञ्चका उपाध्यक्ष चानक पोखरेल, सचिवालय सदस्य कमलमणि गुरागाईं, मुनाफ मियाँ, सल्लाहकार परिषद अध्यक्ष नरेश श्रेष्ठ, सल्लाहकार परिषद सचिव जीयावावु खान, सल्लाहकार परिषद सदस्य सागर नेपाल, एनआरएनए आईसीसी उपाध्यक्ष टिवी कार्की, एनआरएनए आईसीसी गल्फ सहसंयोजक पूर्ण केसी, एनआरएनए आईसीसी सदस्यद्धय अमृत गुरुङ, उमेश अधिकारी, एनआरएनए एनसीसी अध्यक्ष मक्सुद आलम, इलाका नं. १ दोहाका अध्यक्ष वालकृष्ण भित्रीकोटी, इलाका नं. २ का सचिव कृष्ण थपलिया, इलाका नं. ३ का अध्यक्ष सुवास कार्की, इलाका नं. ४ का अध्यक्ष रामनाथ शर्मा, इलाका नं. ५ का उपाध्यक्ष तेजबहादुर गिरी लगायत मञ्चका सदस्यहरुको भेलामा उपस्थिति थियो ।
आगामी डिसेम्वर १८ र १९ मा हुन गइरहेको मञ्चको चौथो अधिवेशनको आवश्यक तयारी, व्यवस्थापन लगायत विविध विषयमा केन्द्रित भएको भेलामा मञ्चका सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको मञ्चका अध्यक्ष खजुमले दैनिक नेपाललाई बताउनुभयो ।
मञ्चका अध्यक्ष खजुमले विगतमा मञ्चको नेतृत्व सर्वसम्मतले नै चयन हुँदै आएको वताउँदै चौथो अधिवेसनले पनि सर्वसम्मत ढंगले नेतृत्व चयन गर्ने बताउनुभयो । त्यसका लागि सवै सदस्यहरुको भुमिका रहनुपर्नेमा उहाँले जोड दिनुभयो । अध्यक्ष खजुमले हालसम्म भएको अधिवेशन तयारीका सम्वन्धमा जानकारी समेत गराउनु भएको थियो ।
मञ्चको भावी अध्यक्षमा वर्तमान उपाध्यक्ष चानक पोखरेलले केही दिन अघिमात्रै उम्मेदवारी घोषणा गर्नुभएको थियो । पोखरेललाई नै सर्वसम्मत गराउन एमालेको नेतृत्व र मञ्चका पदाधिकारीहरुले सक्रियता बढाएका छन् ।














प्रतिक्रिया