विजय थापा
भर्जिनिया । अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित राज्य बिभागले अमेरिकाको ओक्लाहोमा बिश्व बिद्यालयमा आयोजना गरेको पाँच हप्ते व्यवसायिक आदान–प्रदान कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका नेपालका ६ युवा उद्यमी स्वदेश फेर्केका छन् ।
नेपाल फर्कने क्रममा ६ उद्यमीहरुलाई डिसीस्थित डलस अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै युवा उद्यमी राजिवधर जोशीले भने–‘नेपालमा सुन त्यतिकै फल्दैन फलाउनुपर्छ ।’ उनले अमेरिकामा बस्ने नेपालीहरुले देशको चिन्ता र माया गरेको आफुले पाएको समेत बताए ।
उनले आफ्नो उदेश्य पुरा भएपछि नेपाल फर्कन सबै युवालाई आग्रह गरे ।
अर्का उद्यमी मनिस झाले नेपाल सुनौलो युगमा प्रवेश गरिसकेको बताए । ‘अमेरिकामा हामीले नेपालमा प्रयोग गरिसकेका कुराहरु नयाँ हुँदो रहेछ,’ उनले अनुभव सुनाए ।
अर्का उद्यमी डा. बिशाल ढकालले कामलाई सम्मान दिन सिक्नुपर्छ भन्दै कार्यक्रममा नेपाली उद्यमीले राखेको अवधारणा सफल भएको उल्लेख गरे ।
६ उद्यमी मध्येका सहभागी महेश महतोले व्यवसायिक आदान–प्रदानमा नेपालीलाई मौका दिएकोमा अमेरिकन सरकारलाई धन्यवाद दिए ।
अर्की युवा उद्यमी जुना माथेमाले आफु विज्ञापन तथा अनुसन्धान क्षेत्रमा संलग्न भएको भन्दै नेपाल र अमे्िरकामा काम गर्ने शैली उस्तै प्रकारको भएको बताइन् ।
अर्की महिला युवा उद्यमी इशिता लोहियाले नेपालमा रहेको राजनीतिक अस्थिरताले विकासमा अवरोध गरेको बताइन ।
उक्त कार्यक्रममा विश्वका २५ राष्ट्रबाट २०५ जना सहभागी भएका थिए ।
नेपालका युवा उद्यमीसँग वाशिंगटन डिसीस्थित वाशिंगटन नेपाल फोरमले एक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको फोरमका विवेक पाण्डेले जानकारी दिए ।














प्रतिक्रिया