रवि रोषी
दोहा । चतवनको टाँडीमा रहेको सानो घरको लागि मुलुक बाहिरका नेपालीहरुबाट संकलित रकमहरु पठाईएको छ ।
सानोघरमा रहेका अनाथ तथा सुस्त मनस्थितीका बालबालिकाहरुको लागि कतारबाट इश्वर काफ्लेको पहलमा ३ लाख १० हजार ५ सय, जय न्यौपाने, राम वान्तवा र अन्य साथीहरुको पहलमा ५६ हजार ४ सय, हङकङबाट सुरुची सुनुवार र विन्दा राईको पहलबाट ४९ हजार १ सय २०, मलेशियाबाट राजकुमार सुनुवार र संजीव राईको पहलबाट ३० हजार ५ सय ९८ गरी कुल ४ लाख ४६ हजार ६ सय १८ रुपैँया संकलन भएको अभियानकर्ता किशोर सुनुवारले बताउनुभयो ।
कतारलगायत विभिन्न देशमा रहेका सहयोगदाता तथा अभियानकर्तालाई धन्यवाद दिँदै सुनुवारले आफ्नो अभियान अन्तर्गतको सहयोग संकलन कार्य बन्द भएको पनि जानकारी दिनुभयो ।













प्रतिक्रिया