२९ आश्विन २०८३, बिहिबार

नुवाकोट सेवा समाज दोहा कतारको पहलमा सर्वोकृष्ट विद्यार्थीलाई सम्मान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhola

भोलाराज पौडेल
नुवाकोट । नुवाकोट सेवा समाज दोहा कतारले नुवाकोटबाट एसएलसी परीक्षामा सर्वोकृष्ट अंक ल्याउने छात्रछात्रालाई सोमवार नगदसहित सम्मान गरेको छ ।
समाजले एसएलसी परीक्षा २०७१ मा सर्वोकृष्ठ अंक ल्याउने विज्ञान उच्च माविका छात्रा दीपक न्यौपाने र चण्डेश्वरी उच्च माविका छात्रा सुजाता अधिकारीलाई नगद दश हजार रुपैयाँसहित सम्मान गरेको हो ।

वैदेशिक रोजगारीमा नुवाकोटबाट कतारमा पुगेका नेपालीहरुले नुवाकोट सेवा समाज गठन गरी नुवाकोटको सामाजिक क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । आज विदुरमा आयोजित कार्यक्रममा संस्थाको तर्फबाट जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले नगद दश हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

विज्ञान उच्च माविका छात्र दीपकले ८४ दशमलव ३१ प्रतिशत र चण्डेश्वरीकी सुजाताले ८० दशमलव ८८ प्रतिशत अंक ल्याई जिल्लामा सर्वोकृष्ट अंक ल्याएका थिए ।

विद्यार्थीहरुलाई सम्मान गर्दै जिल्ला शिक्षा अधिकारी खड्काले सम्मानीत विद्यार्थीहरुले धनी भएर होइन कि विद्वान भएर देशको सेवा गर्नुपर्ने सुझाव दिँदै नुवाकोटको शैक्षिक विकासका लागि नुवाकोट सेवा समाजले गरेको विद्यार्थी सम्मान कार्यक्रम महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै नुवाकोट सेवा समाज दोहा कतारका अध्यक्ष हरिकृष्ण रिमालले संस्थाले विभिन्न कारणले कतारमा अलपत्र पर्नेहरुलाई सहयोग गर्दै आएको र संस्थाकै सहयोगमा नुवाकोटमा एम्वुलेन्स सेवा सञ्चालन भइरहेको जानकारी दिए ।