काठमाडौं, २४ कात्तिक । फ्रान्सको नक्कली राहदानीमा नेपाल आएका एक सिरियाली नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।
कतार एअरबाट काठमाडौं आएका सिरियाका बिवार्स इस्मायलीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयले गत मंगलबार पक्राउ गरेको हो।
गृह मन्त्रालयले सार्क शिखर सम्मेलनको सुरक्षालाई ध्यानमा राखेर सिरियालगायत इस्लामिक मुलुकबाट आउने यात्रुलाई निगरानीमा राख्न सुरक्षा निकायलाई निर्देशन दिएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
उक्त निर्देशनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अध्यागमन डेस्कको सुरक्षाव्यवस्था कडा बनाइएको छ। इस्मायली के उद्देश्यले नक्कली राहदानीमा नेपाल प्रवेश गर्न खोजेका हुन् भन्ने अनुसन्धान भइरहेको विभाग स्रोतले जनायो।
अध्यागमन विभागका निर्देशक ध्रुवराज जोशीले उनलाई जाली राहदानीअन्तर्गत मुद्दा चलाइएको बताए।















प्रतिक्रिया