२९ आश्विन २०८३, बिहिबार

समाजसेवी रानामगर महारानी सिल्भियाबाट लन्डनमा सम्मानित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । समाजसेवी इन्दिरा रानामगरलाई लन्डनको दार्जिलिङ इनमा शनिबार सम्मान गरिएको छ ।

नेपाल आदिवासी जनजाति महिला महासङ्घ युके समितिले यस वर्षको विश्व बाल पुरस्कार विजेता रानामगरलाई सम्मानपत्र र नगदबाट सम्मान गरेको हो । रानामगरले यही कात्तिक १२ गते स्विडेनमा महारानी सिल्भियाबाट उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो ।

समाजसेवी रानामगरले नेपालका कारागारभित्र जन्मेका तथा आमाबुबा त्यहाँ परेपछि बिचल्लीमा परेका, समाज र आफन्तबाट बहिष्कृत बालबालिकालाई २४ वर्षदेखि हेरचार गर्दै आउनुभएको छ ।

उदयपुरबाट झापा झरेर कर्मभूमि बनाउनुभएका रानामगरले अपराध आरोपको कारण कारागारमा रहेकाहरूबाट जन्मेका निर्दोष बालबालिका आफ्नो परिवार भएको आफूले उनीहरूसँगै बस्नेखाने बताउनुभयो ।

यस वर्ष पुरस्कृतत्रयमध्ये पाकिस्तानी मलालाले ५० हजार अमेरिकी डलर तथा हङकङका जोन उड्स र नेपालकी रानामगरले जनही २५ हजार अमेरिकी डलर प्राप्त गर्नुभएको थियो ।

रानामगरलाई नेपाल मगर महिला सङ्घ युके र हेल्पिङ यू टिमले पनि सोही अवसरमा सम्मान गरेको पत्रकार एवम् साहित्यकार विश्वासदीप तिगेलाले जानकारी दिनुभयो  ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष श्रीप्रसाद लिम्बूले रानामगरकोे मानवीय कार्यमा सबैमा सार्थक सहयोग हुनुपर्ने विचार राख्नुभयो । रासस