३० आश्विन २०८३, शुक्रबार

ईश्वर पोखरेल लेख्छन् – यस्ता छन् एमाले र काँग्रेसबीच सहकार्यका दरार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ishwar-pokhrel

यतिवेला नेकपा एमाले र नेपाली काँग्रेसबीच राजनीतिक सहकार्य छ । यो साझेदारीपूर्ण सहकार्य हो । यी मध्ये कुनै एउटा मुख्य शक्ति र अर्को सहयोगी शक्ति होइन । त्यसरी वुझ्नु पनि हुन्न । यसो गर्दा गम्भीर त्रुटी हुन पुग्छ, अहिलेको राष्ट्रिय राजनीतिक आवश्यकताका लागि यसले घात गर्छ ।

काँग्रेस र एमालेहरूले त अहिलेका आफ्ना राजनीतिक आचरणमा समेत यस कुरालाई देखाउनै पर्छ । छुद्र दलीय स्वार्थबाट निर्देशित भएर चल्न खोज्नु हुँदैन ।

संचार मन्त्रालयले यस अन्तर्गतका विभिन्न प्रतिष्ठानहरू (गोरखापत्र, रासस, नेपाल टेलिभिजन, नेपाल टेलिकम, सेन्सर वोर्ड, चलचित्र विकास वोर्ड आदिमा काँग्रेसका मन्त्रीले एकलौटी रूपमा नियुक्ति गरेका छन् । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले देशका पचहत्तरै जिल्लाहरूमा शान्ति समितिका सचिवहरू स्वेच्छाचारी तरिकाले नियुक्ति गरेको छ ।

नेपाली काँग्रेसका नेताहरू अहिलेको राजनीतिक अवस्थामा गम्भीर रूपमा पालन गर्नुपर्ने साझेदारीपूर्ण सहकार्य विपरित कामहरू किन गर्न उद्यत भएका होलान् ?