झापा, २३ कात्तिक । झापाको तोपगाछीमा शुक्रबार साँझ एक प्रेमी जोडीले विष खाए ।
रतुवामाई वनक्षेत्र गई विष खाँदा प्रेमीको तत्कालै मृत्यु हुन पुग्यो । प्रेमिकाको गम्भीर अवस्थामा धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचार भइरहेको छ ।
विषको पीडा सहन नसकेपछि प्रेमिका छट्पटाउँदै जङ्गल बाहिर निस्केकी थिइन् ।
विषले छट्पटाएकी उनैले ‘मैले मात्र होइन, उहाँले पनि खानु भएको छ’ भन्दै चिच्याइन् । घटनास्थलमा गाउँले पुग्दा प्रेमीको प्राण पखेरु उडिसकेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
इलामको चुलाचुली गाविसस्थित बाह्रकोठे घर भई दमक–१३ मा डेरा बस्ने १५ वर्षीय यादव कुमाल र प्रेमिकाले एकैसाथ विष खाई आत्महत्या प्रयास गरेका थिए ।
प्रारम्भीक अनुसन्धानबाट यही खुलेको प्रहरीको भनाइ छ ।
प्रेमील जोडी विष खान पुगेका थिए । शुक्रबार साँझको यो घटनामा उनीहरुले किटनाशक विषादी खाएको खुल्न आएको छ ।
उनी कक्षा– १० मा पढ्दै गरेकी झापा शान्तिनगरकी किशोरी पे्रमिका भने दमक–१० मा डेरा गरी बस्छिन् ।
आत्महत्या अपराध मानिए पनि पछिल्लो समय पूर्वमा प्रेम नै अपराधको कारक बन्दैछ । युवायुवतीबीच एकोहोरो या दोहोरो प्रेम असफल हुने अवस्था आए दुबैले सँगै आत्महत्या क्रम बढ्दो छ ।
गत जेठमा पनि झापाको सतासीधाम–५ मा यस्तै घटनाले चर्चा पायो ।
त्यो घटना पनि प्रेमी जोडीले नै निम्त्याएका थिए । युवतीका अभिभावकले दबाब दिएर प्रेम तोड्न भनेको तीन दिनमै युवतीले सलको पासो लगाएर आत्महत्या गरिन् ।
पे्रमिकाले मृत्युवरण गरी आफूप्रति देखाएको समर्पणबाट विह्वल प्रेमी सरोज विकले पनि त्यही दिन आत्महत्या प्रयास गरे ।
झुण्डेर छटपटाईरहेका उनको गलामा कस्सिएको पासो गाउँलेले काटेर बचाए । त्यसअघि झापाको दमक–१५ मा प्रेम सम्बन्धसँग जोडिएको विषयले युवायुवतीकै निधन भयो । दुवैजना कोठाभित्र जलेको अवस्थामा फेला परे । उनीहरु एकै चिहान भए ।
प्रहरीले घटनाको कारण प्रेम सम्बन्ध र त्यसमा आएको उतारचढाव भएको ठहर गरेको छ ।
प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा एउटा पक्षका अभिभावकले अस्वीकार गर्दाको परिणाम दुबैले आफैंलाई आगो लगाएर जलाएको प्रहरी अनुसन्धानले देखाएको छ ।
सानो उमेरमा गरेको प्रेम परिवारले अस्वीकार गर्नु र समाजमा बढ्दो बिलाशीताको परिपूर्ति गर्न नसक्नु आत्महत्याको कारक रहेका पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक केदार खनाल बताउँछन् ।















प्रतिक्रिया