२९ आश्विन २०८३, बिहिबार

स्वस्थ प्रतिस्पर्धा होस् भन्ने आफ्नो चाहना : धनन्जय नरसिंह केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kcविजय थापा
भर्जिनिया । आगामी नोभेम्बर २२ र २३ तारिख टेक्सासको डालस शहरमा काँग्रेस निकट जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशन नजिकिदै जाँदा बिभिन्न पदमा आफ्नो उम्मेदवारीहरु दिने क्रम तीब्र हुन थालेको छ ।
उम्मेदवारहरुले आफ्नो दावेदारीको औचित्य पुष्टि गर्दै समस्त काँग्रेसको हित र भलो चाहना राखेको दाबी गरिरहेका छन् । लगभग एक दशक लामो समयसम्म आन्तरिक कलह र गुटगत झगडाको चक्रब्युमा फसेको जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशनले अल्झिएको गाँठो फुकाउने आशा काँगेसजनको छ ।

जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय अधिवेशनमा महासचिब पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेका क्यालिफोर्निया निवासी धनन्जय नरसिंह केसीले टेक्सास अधिवेसन एकताको लागि गरिएको बताए ।

अधिवेसनले बिधान संसोधन गर्ने उनीले जानकारी दिए । निर्वाचित अध्यक्षले नै अन्य पदहरु मनोनयन गर्ने भएकोले अध्यक्ष पदलाई मात्र सर्बसम्मत नगरी, सर्बसम्मत गरे सम्पूर्ण पदमा सर्बसम्मत होस् भन्ने आफ्नो चाहना रहेको केसीको धारणा छ ।