राजेश भुजेल
मलेसिया । मलेसियाको जोरबारू स्थित जेवाइसी कम्पनीमा भएको घटना सेलाउन नपाउँदै फेरि मलेसियाकै जोर, मुआर नजिकैको वेगमेन्स फर्निचरमा त्यस्तै घटना घटेको छ ।
उक्त विदेशी कम्पनीका मेनेजरले एक नेपाली कामदारलाई काठले प्रहार गरि घाइते बनाएपछि कम्पनीमा कार्यरत सम्पूर्ण चार सय नेपालीहरु काम ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । काठको प्रहारपछि धनुषा जिल्लाका सन्जय यादव घाइते भएका हुन् । कम्पनीमा चार सय नेपाली, करिब एक सय भन्दा बढी बङ्ली र केही भियतनामीहरु कार्यरत छन ।
आन्दोलनपछि कम्पनीका मेनेजरहरुले समस्या समाधान गर्ने आवश्यान दिए पनि नेपालीहरुले विभिन्न चार सुत्रिय माग राख्दै निरन्तर आन्दोलन गरिरहेका छन् । यसरी नेपालीहरुले मलेसियामा एकपछि अर्को नेपाली कुटिने र मारिने घट्ना भइरहँदा पनि प्रवासी नेपालीको हक र हितको लागि काम गर्ने संघसंस्था, मेनपावर कम्पनी र नेपाल दुतावास चुपचाप छन् ।
आन्दोलित नेपालीहरुले आफूहरूको समस्याबारे बोलीदिन नेपाली मिडिया र मिडियाकर्मीहरुलाई आग्रह गरेका छन् ।
















प्रतिक्रिया