२९ आश्विन २०८३, बिहिबार

साउदीमा मृत्युदण्ड पाएकी शोभाको परिवारलाई आठ लाख सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कात्तिक । साउदी अरबमा मृत्युदण्ड पाएकी तनहुँको शोभा परियारको परिवारलाई दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिले आर्थिक सहयोग गर्ने भएको छ ।

गत साउन १९ गते मृत्युदण्ड पाएकी भिमाद गाविस वडा नं ३ भावर निवासी वर्ष ३१ की शोभा परियारलाई रु आठ लाख आठ हजार ८८८ सहयोग गर्न लागेको दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिका कोषाध्यक्ष विष्णुसागर धमला विकेले जानकारी दिनुभयो ।

सञ्जालमा सङ्कलन भएको उक्त रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गर्न लागिएको उहाँले बताउनुभयो ।

उक्त रकम शोभाको ११ वर्षीय नाबालक छोरा दिवस नेपालीको लालनपालन, शिक्षा एवम् स्वास्थ्य उपचारका लागि सहयोग गर्ने उद्देश्यले सहयोग गर्न लागिएको बताइएको छ ।

साउदीमा दुई वर्षीय एक बालकको घाँटी काटी हत्या गरेको आरोपमा दोषी प्रमाणित भएपछि घरेलु कामदारमा रहेकी शोभाको साउदीमा मृत्युदण्ड दिइएको थियो ।

तीन वर्षअघि रोजगारीको सिलसिलामा साउदी पुगेकी शोभाले साउदीका ओसामा विन मइद अल एन्जी नामक बालकलाई चक्कु प्रहार गरी मारेको आरोपमा शोभा दोषी ठहरिएपछि मृत्यु दण्ड सुनाइएको थियो ।

उक्त घटना भएपछि हालसम्म विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगबाट रु छ लाख ५० हजार सङ्कलन भइसकेको मृतक शोभाकी बहिनी रेखा परियारले जानकारी दिनुभयो । रासस