काठमाडौं, २२ कात्तिक । नेकपा एमालेले पार्टीका शीर्ष नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तेस्रो वरियतामा राखेको छ ।
एमाले मुख्यालय बल्खुमा शनिबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले नेपाललाई पार्टीको तेस्रो वरियतामा राखेको हो । अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई तेस्रो वरियतामा राख्न प्रस्ताव गर्नुभएको थियो ।
।
अब वरियतामा अध्यक्ष केपी ओलीपछि वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल रहनुहुने बैठकपछि एमाले सचिव पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
यसअघि कात्तिक १४ गतेको बैठकमा नेता नेपालले केन्द्रीय सदस्यको रोमा बसेर अध्यक्षको कार्यशैलीविरुद्ध सात बुँदे फरकमत राख्नुभएको थियो । शनिबारको बैठकमा भने अध्यक्ष ओलीको आग्रहमा नेता नेपाल पदाधिकारीहरुको रोमा बस्नुभएको थियो ।
बैठकमा नेता नेपालले राख्नुभएको फरक मतका विषयमा पनि कुनै छलफल नभएको सचिव गुरुङ
ले जानकारी दिनुभयो ।
उहाँका अनुसार, एमाले बैठक मंसिर २२ गतेसम्मका लागि सरेको छ । एमालेको यस बैठकले कार्यविभाजन गर्ने भनिएपनि हुन सकेन ।
















प्रतिक्रिया