२९ आश्विन २०८३, बिहिबार

गुप्तांगमा मेजरको मुठभेड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gajendra-Budathoki

शनिबार साहित्य 

गजेन्द्र बुढाथोकी 

सेनाका महालक्ष्मी गणको बन्दीगृह । नाङ्गै पारेर छापामारहरू शलिना, योद्धा र सीमालाई राखिकएको छ । ड्युटी फेरिने वित्तीकै सेनाका जवानहरू आएर स्तन समाउँछन् । मुक्तिका आन्दोलनमा होमिएकाहरू आफ्नो अस्मिता बचाउन गुँडुक्ली पर्छन् । सेनाका जवान निकै प्रयास गर्छ, उद्देश्य पुरा नभएपछि पछाडिबाट व्वाङव्वाङ बुटै बुटले ढाडमा बजार्छ ।

“मा… रा….छोरीहरू… र…आतंकाकारीहरू, सबलाई सुट गर्दिन्छु,” बन्दुक देखाउँदै तर्साउँछ । आफ्नो पुरूषार्थ देखाउन नपाएका ऊ क्रुद्ध छ ।

१७ वर्षकी प्रकृतिलाई भरखर समातेर ल्याएको छ, कुनामा त्राहिमाम हुँदै त्यो दृष्य हेरिरहन्छिन् । सांस्कृतिक समूहकी सदस्य हुन उनी । स्कूल पढ्दा पढ्दै माओवादी जनयुद्धमा लाग्न भनेर साथीहरूसँगै जनवादी सांस्कृतिक समूहमा लागेकी ।

करिब ७ बजेतिर पछाडि हात बाँधेर प्रकृतिका आँखामा पट्टी बाँधेर सेनाका जवानहरूले बाहिरतिर लगे । केही बेर हिँडाएपछि कतै अलि उज्यालो भएका ठाउँमा लगेर उभ्यायो…

“खोल्दे….लुगा”

रवाफिलो स्वरमा कसैले आदेश दियो ।

ध्वाररररर कुर्ता च्यातियो, जबर्जस्ती सुरूवाल फुकालियो । चट्याक्क ब्रा पनि चुडालियो ।

फलामजस्ता सारा हातहरू च्याप्प स्तन समाए ।

ArmyRape

“साला, नामर्द। सक्छस भने गोली हान, के बलत्कार मात्र गर्न खोज्छस,” प्रकृति चिच्याइन ।

“बढ्ता बोल्छस मा…र…” भन्दै मेजरले दुवै हातले प्रकृतिका मुख च्यात्याे र मुखमा मुख जोडेर घाँटीसम्मै पुग्नेगरी खकारेर थुकिदियो ।

उनले केही अरू कुरा बोल्न नपाउँदै पलकभरै के भयो, प्रकृतिले कल्पनासमेत गर्न सकिनन् । असाध्य पीडा भयो ।

“साले, तेरी अामालाई गर,….. तेरी दिदीबहिनीलाई गर,… ज्ञानेका गुलाम । हामी मुक्ति आन्दोलनमा हिडेकाहरूमाथि यस्तो अत्याचार गरेर तँ अामाको पोइकाे भलो हुँदैन….”रूदै कराउँदै प्रकृतिले न्वारानदेखिका बल गरेर गाली गरिन ।

“मा…र…बान बोल्छस, ल खा”

भरखरै उसैका बहादुरीको विर्य बग्दै गरेको योनीभित्रै पेस्तोलका माउजर राखेर ड्याङ ड्डाङ दुई गोली हान्यो ।

रगतको आहाल बग्यो ।

“मा….र… साला अातंककारी…”

टेबुलको गिलासमा बाँकी व्हीस्की घुटुक्क घुटक्यायो, र मेजर रविन्द्र बस्नेत बाहिर निस्क्यो ।

“ए केटा हो, यो मा… आतंककारीलाई लगेर गाड्दे”, रवाफिलो स्वरमा आदेश दियो र पाइन्ट मिलाउँदै अर्को ब्यारेक तिर लाग्यो ।

सेनाका ४ जना मध्यपुरका जंगलबीचकाे त्यो क्याम्पभन्दा अलि पर राति नै ६ फुट लामो, ८ फुट गहिरो खाडल खने । करिब ५ किलोजति नुन, त्यति नै चुना हालेर प्रकृतिका नाङ्गो शरीर गाडियो ।

भोलिपल्टमा गोरखापत्रमा समाचार छापियो, सेनासँग मध्यनेपालका जंगलमा भएको मुडभेडमा ३ माओवादी छापामारहरू मारिए ।

(क्रमसः)

(यो स्तम्भ अब हरेक शनिबार प्रकाशित हुनेछ ।)