२९ आश्विन २०८३, बिहिबार

यसरी नेपाल आउँदैछन् मोदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modi

महोत्तरी, २२ कात्तिक । सार्क शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महोत्तरी जिल्लाको सीमावर्ती भारतको सुरसण्ड र नौवाहीहुँदै मोटरबाटोबाट जनकपुर आउने बताइएको छ ।

महोत्तरीको छिमेकी भारतीय गाउँ नौवाहीबाट प्रधानमन्त्री मोदी महोत्तरीको सदरमुकाम जलेश्वर हुँदै जनकपुर र त्यसपछि काठमाडौँ जाने कार्यक्रम रहेको सुरक्षा निकायले जनाएको छ ।

प्रधानमन्त्री मोदी सीमा क्षेत्रबाट मोटरबाट नै आउने जनाउ दिएपछि सुरक्षा अधिकारीहरूले भारतको बिहार राज्य अन्तर्गत पर्ने सितामढी जिल्लाको सुरसण्ड र भिठ्ठामोड क्षेत्रमा सुरक्षित हेलिप्याडको लागि स्थल खोजेका छन् ।

प्रधानमन्त्री मोदी बिहारको पटनाबाट हेलिकोप्टरबाट सीमा क्षेत्रमा आउने र त्यहाँबाट मोटरले महोत्तरीको जलेश्वर हुँदै जनकपुर आउने सम्भावना बढेको छ । भारतीय सुरक्षा अधिकारीले भिठ्ठामोड र सुरसण्ड क्षेत्रमा गरी दुई ठाउँमा हेलिप्याडका लागि उपयुक्त स्थल मानेका छन् । हेलिप्याडका लागि सुरसण्डको कलेज र नौवाहीको पेट्रेलपम्प नजिकै रहेको कन्स्ट्रक्सन कम्पनीको हातालाई सुरक्षा अधिकारीले सम्भावित सूचीमा राखेका छन् ।

सम्भावित सूचीमा राखिएका सुरसण्डको कलेज र नौबाहीको पेट्रोलपम्प नजिकै रहेको कन्स्ट्रक्सन कम्पनीको हातालाई मर्मत सम्भार कार्य सुरु गरेको छ । तीनवटा एकै रङ्गका हेलिकोप्टर हुने र ती एकैपटक अवतरण गर्न सक्ने उपयुक्त स्थलको खोजी भइरहेको स्रोतले जनाएको छ ।

मङ्सिर १० र ११ गते काठमाडौँमा हुने १८औं सार्क शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी सडक मार्गबाट मङ्सिर ९ मा जनकपुर आउने र हेलिकप्टरबाट काठमाडौं जाने परराष्ट्र मन्त्रालयले बताइसकेको छ ।