पोखरा, २२ कात्तिक । नेपाल चिकित्सक संघले हालको जनसङ्ख्यानुसार नेपालमा २२ हजारदेखि २५ हजार चिकित्सकको खाँचो पर्ने जनाएको छ ।
संघ गण्डकी शाखाले शुक्रबार पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा संघका अध्यक्ष डा अञ्जनीकुमार झाले एक करोड जनसङ्ख्या हुँदा व्यवस्था गरिएको चिकित्सकको दरबन्दी अहिले पनि यथावत् रहेको बताउँदै हाल एक हजार तीन सय मात्रै चिकित्सक भएकाले जनतामा सेवा पुर्याउन नसकिएको धारणा राख्नुभयो ।
हाल जनसङ्ख्या तीन गुणा बढेको बताउँदै अध्यक्ष झाले एक चिकित्सकले दिनमा सात देखि १० जना बिरामीको स्वास्थ्य परीक्षण गर्न पायो भने मात्रै जनताले राम्रो उपचार पाउन सक्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रमका अन्य वक्ताले सरकारी तथा निजी क्षेत्रबाट काठमाडौंलाई मात्रै केन्द्रित गरी चिकित्ससा कलेज खोल्ने प्रवृत्ति निरुत्साहन गर्नुपर्नेमा जोड दिएका थिए । रासस














प्रतिक्रिया