काठमाडौं, २२ कात्तिक । एमाओवादीले कांग्रेस एमालेसँगै चार दल र दुई स्वतन्त्र सभासद्को हस्ताक्षरसहितको प्रस्ताव असफल पार्ने योजना बनाउन थालेको छ ।
संविधानसभा भित्र पहिलो र दोस्रो दलका रुपमा रहेको कांग्रेस एमालेले राप्रपा र बहुजन पार्टीलाई समेत साथमा लिई संविधानको विवादित विषयमा दुईतिहाई नजिकको साझा प्रस्ताव अघिसारेपछि एमाओवादी त्यसलाई असफल पर्ने योजनामा लागेको छ ।
संवैधानिक राजनीतिक तथा संवाद समितिका सत्तारुढ दलले गत सोमवार सात प्रदेशको संघीय प्रदेश, ब्यवस्थापिकाबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने अन्तरवस्तुसहितको प्रस्ताव अघि सारेपछि एमाओवादीसहितका विपक्षी दल असन्तुष्ट बनेको समाचार आजको राजधानी दैनिकले छापेको छ ।
कांग्रेस एमालेको यस्तो प्रस्तावलाई सन्दर्भ सामग्रीको रुपमा लिन सकिने मत राख्दै आएका छन् ।
प्रस्तावमा हस्ताक्षरकर्ता दलबाहेक अन्य संविधानसभाभित्रका सवै दललाई साथ लिन सकिए संख्यात्मक रुपमा कमजोर रहे पनि दलगत रुपमा बहुमत दलको असहमति रहेको जनाउँदै कांग्रेस एमालेलाई झुकाउन बल पुग्ने विश्वास एमाओवादीले लिएको देखिन्छ ।















प्रतिक्रिया