काठमाडौं, २१ कात्तिक । संविधानसभा निर्वाचनपछि संविधानसभाको सबै भन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र गुटगत राजनीति मौलाउँदै गएको छ ।
निर्वाचनमा अन्तरघात गरेको विषयलाई लिएर एकथरी नेतामाथि अनुशासनको कारवाही चलाइएपछि बढेको असन्तुष्टीले जन्माएको गुटसँगै पदीय असन्तुष्टीका कारण पनि कांग्रेस भित्र नयाा नयाँ गुट निर्माण हुँदै गएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।
पार्टीभित्रको गुटबन्दीको श्रृंखला हिन्दु राष्ट्र अभियानसम्म आइपुग्दा नयाँ स्वरुपमै देखिन थालेको छ ।
सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भई सजायासमेत काटिसकेको केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वले नयाँगुटलाई क्रियाशील बनाउँदै पार्टीकै नाम जोडेर हिन्दु राष्ट्र अभियान चलाएपछि गुटको प्रत्यक्ष असर सिंगो पार्टीमै पर्न थालेको छ ।
कांग्रेसले सरकारको नेतृत्व गरेपछि देखिएको पदीय र लाभको प्रतिष्पर्धाबाट जन्मिएका गुटका कारण पार्टीको केन्द्रीय समिति बैठकसमेत बस्न सकेको छैन ।
नयाँनयाँ गुट निर्माणसँगसँगै गुटगत भेला पनि तीब्र बनाइएको छ । खड्काले नेतृत्व गरेको गुटले बिहीबार हिन्दु राष्ट्र अभियानका नाममा गुटगत भेला र शक्ति प्रदर्शन गरेको छ ।
अनुशासनको कारबाही सिफारिस भएकी अर्की नेतृ सुजाता कोइरालाले पनि पार्टी भित्रको असन्तुष्टी र कारबाही फुकुवाको दबाव दिन आफू नेतृत्वमा बेग्लै गुट निर्माण गरेकी छन् ।















प्रतिक्रिया