२९ आश्विन २०८३, बिहिबार

विदेशीको इशारामा जातीय संघीयता लाद्न खोजेको खुमबहादुरको आरोप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khum-Bahasur-Khadkaकाठमाडौं, २० कात्तिक ।   हिन्दू राष्ट्र महाअभियानका संयोजक समेत रहनु भएका काँग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्काले नेपालमा हिन्दू राष्ट्र नभए जातीय युद्ध हुने चेतावनी दिनुभएको छ ।

काठमाडौंमा बिहीबार आयोजित सनातन हिन्दू राष्ट्र महाअभियान घोषणा सभालाई सम्बोधन गर्दै नेता खड्काले संसारको एकमात्र हिन्दू राष्ट्र नेपाललाई लाई सक्ने षडयन्त्र भएको आरोप लगाउनुभयो ।

विदेशीको इशारामा जातीय संघीयता लाद्न खोजिएको आरोप लगाउँदै उहाँले आगामी संविधानमा हिन्दू धर्ममार्फत तराई–पहाड–हिमाल नजोडेमा अबको २० वर्षमा जातीय युद्ध ठोकुवा गर्नुभयो ।

खड्काले धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्न समेत नेताहरुलाई चुनौति दिनुभयो ।

धर्मनिरपेक्ष मुलुक घोषणा गरेर कांग्रेसले गल्ती गरेको उहाँको आरोप थियो । मंसिर १५ गतेसम्म कांग्रेससहितका नेताहरुलाई भेटेर हिन्दु राष्ट्र कायम गर्न आग्रह गर्ने र आफ्नो आवाज नेताले नसुने सडकमा ओर्लि उहाँले चेतावनी दिनुभयो ।
एमाओवादी अध्यक्ष प्रचण्डले जातीय राज्य बनाएर देश टुक्राउन खोजेको समेत उहाँले आरोप लगाउनुभयो ।

काठमाडौंको प्रज्ञाभवनमा आयोजना गरेको उक्त कार्यक्रममा खड्काले काँग्रेस सभापति सुशील कोइराला, बरिष्ठ नेता शेरवहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई पनि निम्तो पठाउनु भएको थियो । तर, उहाँहरु तीनै जना नेता कार्यक्रममा सहभागी हुनुभएन ।

भेलामा कांग्रेस नेताहरु तारानाथ रानाभाट,  चिरन्जीवी वाग्ले, देवेन्द्रराज कँडेल, लक्ष्मण घिमिरे, पुष्पा भुषाल, सुरेन्द्र हमाल, पूर्णकुमार शेर्मा लिम्बु लगायतका नेताहरु सहभागी भए ।