काठमाडौँ, २० कात्तिक । सर्वाधिक शक्तिशाली एक सय ब्यक्तिको सूचीमा रुसका राजनितिज्ञ तथा बर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो स्थानमा पर्न सफल भएका छन् ।
अमेरिकी पत्रिका फोब्र्सले बुधबार सार्वजनिक गरेको सन् २०१४ का सर्वाधिक शक्तिशाली एक सय ब्यक्तिको सूचीमा पुटिनलाई पहिलो स्थानमा राखेको हो ।
यस भन्दा पहिले दुर्इ पटक राष्ट्रपतिको कार्यभार समालिसकेका र एक पटक प्रधानमन्त्रीको पनि कार्यभार समालिसके पुटिन सन् २०१३ मा सार्वजनिक गरेको सूचीम पनि पहिलो स्थानमै थिए ।
फोब्र्सले सार्वजनिक गरेको सूचीअनुसार दोस्रो नम्बरमा अमेरिकी राष्ट्रपति बराक ओबामा छन् । फोब्र्सले तेस्रोमा भने चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राखेको छ । चौथोमा पोप फ्रान्सिस र पाँचौं नम्बरमा जर्मन चान्सलर एन्जेला मार्केल रहेका छन् ।
बिल गेट्स सातौं स्थानमा छन । उनी माइक्रोसफ्टका मालिक हुन् । गुगलका मालिक सर्गेइ र ल्यारी नवौं नम्बरमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने टपटेनमा पर्न सकेनन् ।
उनीलाई फोब्र्सले १५ औं स्थानमा राखेको छ । भारतकी शक्तिशाली नेतृ कांग्रेस आई अध्यक्ष सोनिया गान्धी भने सूचिबाटै हटेकी छन् ।
७२ प्रभावशाली व्यक्तिमा भारतका रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी ३६ औं स्थानमा र उद्योगपति लक्ष्मी मित्तल ५७ औं स्थानमा छन् ।
फोब्र्सको सम्पादकीय मण्डलको चयनमा यो सूचीलाई राजनीतिक प्रभावका आधारमा मात्र नभई सैनिक तथा आर्थिक साधनमाथिको प्रभावमा पनि आधारित बनाएर सार्वजनिक गरेको हो ।
क्रिमिया कब्जा, युक्रेनको द्वन्द्व र चीनसँग ग्यास पाइपालइन सम्झौताले फोर्ब्सको नजरमा पुटिन पहिलो म्बरमा परेका हुन् । एजेन्सी
















प्रतिक्रिया