विजय थापा
१९ कात्तिक । अमेरिकाको निर्वाचनमा जर्जिया एटलान्टा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा डेमोक्रेटिक दलकी नेपाली चेली अमृता रेग्मी निर्वाचनमा पराजित भएकी छिन्
।
उनी रिपब्लिकनका थोमस आर (टम राइस) संग चुनाब हारेकी हुन् । डा रेग्मी जर्जिया प्रतिनिधिसभा क्षेत्र ९५ बाट उम्मेदवारी दिएकी थिइन् । उक्त क्षेत्र रिपब्लिकनहरुको गढ मानिन्छ भने रिपब्लिकनका टम राइसले उक्त क्षेत्रमा १७ बर्ष देखि प्रतिनिधित्व गर्दै आएका छन् ।
डा अमृता रेग्मीले कुल ३८ प्रतिशत (५,७ ९०) मत प्राप्त गरेकी थिइन् भने रिपब्लिकनका थोमस आर (टम राइस)ले ६२ प्रतिशत (९,५ ९२) मत प्राप्त गरेका थिए ।
डा अमृता रेग्मीको उम्मेदवारीमा प्रथम चरणमा डेमोक्रेटिक दलका कुनै पनि उम्मेदवार खडा नभएको कारण प्राथमिक चरणमा उनले चुनाब स्वतः जितेकी थिइन् । ,तर, नोवेम्बर ४ तारिखको निर्वाचनमा रिपब्लिकन दलका प्रभावशाली प्रतिद्वन्दी टम राइससंग उनले प्रतिस्र्धा गर्नु परेको हो ।
अमेरिकामा हालसम्म कुनै पनि नेपाली मुलका उम्मेदवार निर्वाचनमा बिजयी हुन सकेका छैनन् । अमेरिकामा सन् २०१२ मा वासिँगटनबाट दर्शन रौनियार प्रथम चरणको निर्वाचन, २०१४ मा म्यारिल्याण्डको प्राथमिक चरणको निर्वाचनमा ह्यारी एच बि भण्डारी र नोवेम्बर ४ ,२०१४ तारिखमा भएको निर्वाचनमा डा रेग्मी समेत गरी तीन जना नै पराजित हुन् पुगेका छन् । उत्तर अमेरिकाको क्यानाडामा भएको निर्वाचनमा बेन्जामिन शर्मा पनि २०१४ मा पराजित भएका थिए ।















प्रतिक्रिया