काठमाडौँ, १८ कात्तिक । गणेश थापालाई विश्व फुटबल महासंघ (फिफा) ले अन्तर्राष्ट्रिय रुपमै चार महिनाका लागि निलम्बन गरेको छ।
उनलाई आजको मितिदेखि लागु हुने गरी निलम्बन गरेको हो । आर्थिक अनियमितता गरेको आरोपमा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्षबाट निलम्वन गर्ने चेतावनी दिएपछि केही दिन अघि मात्र उनले आफ्ना विश्वास पात्रलाई दुई महिनाका लागि कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।
व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले ५८ करोड आर्थिक अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पति शुद्धिकरण अनुसन्धान विभागलाई छानबिन गर्न र छानबिनको अवधिसम्म उनलाई निलम्बन गर्न निर्देशन दिएको थियो।















प्रतिक्रिया