२९ आश्विन २०८३, बिहिबार

दुर्घटनामा सात जनाको मृत्यु, नौजना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १८ कात्तिक । सर्लाहीबाट इँटा लोड गरी चितवनतर्फ जाँदै गरेको ना४ख १२५२ नं ट्रक हेटौँडा–वीरगन्ज सडकखण्डको चुरियामाईको उकालोमा मंगलबार बिहान ५ बजे अनियन्त्रित भई पल्टिँदा सातजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

मृत्यु भएकाको अहिले बिहानसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सो ट्रकमा आएका अन्य नौजना घाइते यात्रुको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।

ट्रकका चालक र सहचालक घटनास्थलबाट फरार भएको र उनीहरूकोे खोजी भइरहेको  प्रहरीले जनाएको छ । रासस