३० आश्विन २०८३, शुक्रबार

तीन ठूला दलबीच मुठभेड सुरू !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dalकाठमाडौं, १७ कात्तिक । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस, एमालले संघीयतालगायतमा साझा धारणा बनाए मुलुक मुठभेडमा जाने बताएका छन् ।

कांग्रेस, एमालेले ६ प्रदेशमा साझा धारणा बनाउने तयारी गरिरहेका बेला दाहालले एमाले अध्यक्ष ओलीलाई भेटेर त्यसले संविधान निर्माणमा थप असर गर्ने बताएका हुन् ।

भक्तपुर बालकोटमा ओली निवासमा आइतबार भएको कुराकानीमा दाहालले सबै लचक भएर सहमति खोज्नु पर्ने बताएका छन् ।

कांग्रेस, एमालेले संविधान निर्माणमा साझा धारणा बनाएर अडान राखे, मुलुकलाई थप मुठभेडमा लान्छ, त्यसो नगर्नुस् दाहालको भनाइ उद्धृत गर्दै उनका स्वकीय सचिव चूडामणि खड्काले भने, सबै लचक भएर सहमति खोजौ ।

उनले कांग्रेस, एमालेको गठबन्धनले बिगतकमा उपलब्धी गुम्ने दाबी गर्दै प्रक्रियाभन्दा सहमतिका आधारमा सहमति खोज्न आग्रह गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।