लमजुङ, १७ कात्तिक । नेपाल पत्रकार महासंघले आगामी ८ माघभित्रै संविधान निर्माणका लागि दलहरूलाई दबाब दिन तीनमहिने विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
लमजुङको घलेगाउँमा बसेको महासंघको तेस्रो पूर्ण बैठकले संविधान निर्माणमा दबाब दिने निर्णय गरेको हो ।
बैठक १०बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको समाचार आजको नया पत्रिका दैनिकले छापेको छ ।
महासंघ अध्यक्ष डा महेन्द्र विष्टले बैठकले ‘नेपाली जनतासँग गरेको वाचा नतोडौँ, ०७१ माघ ८ भित्रै संविधान निर्माण गरौँ’ भन्ने आह्वानसहित तीनमहिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए ।
बैठकले २२ कात्तिकसम्ममा महासंघका सबै जिल्ला, प्रतिष्ठान, वैदेशिक शाखा र एसोसिएट संस्थाहरूले आ–आफ्नो कार्यसमितिको बैठक गरी संविधान निर्माणमा नेपाल पत्रकार महासंघको अभियान–०७१ को विषयमा छलफल र तयारी गर्ने निर्णय गरेको छ ।
यस्तै २३ देखि २६ कात्तिकमा महासंघ केन्द्रसहित सबै शाखा र एसोसिएट संस्थाले सम्बन्धित क्षेत्रका सम्पादक, क्रियाशील पत्रकार, मिडिया व्यवस्थापन, पत्रकारिता क्षेत्रका अगुवा संस्था, शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल ९पापड०मा आबद्ध संस्था र नागरिक समाजका विभिन्न संघ–संस्थासँग सामूहिक वा अलग–अलग रूपमा अन्तक्र्रिया गर्ने भएका छन् ।
विशेष अभियानअन्तर्गत ३० कात्तिकमा राजनीतिक दल तथा सभासद्सँग अन्तक्र्रिया, ८ मंसिरमा केन्द्रमा संविधानसभा अध्यक्ष, जिल्लामा प्रमुख जिल्ला अधिकारी र वैदेशिक शाखाले सम्बन्धित नेपाली दूतावासमार्फत संविधानसभासमक्ष संविधान निर्माणका लागि दुई महिना मात्र बाँकी रहेको स्मरणपत्र बुझाउने तय गरिएको महासंघले जनाएको छ ।















प्रतिक्रिया