३० आश्विन २०८३, शुक्रबार

के अपराध थियो र पूर्व प्रधानन्यायाधीश शर्माको ? विदाइ कार्यक्रम नै भएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Damodar-Prasad-Sharmaकाठमाडौं, १७ कात्तिक । न्यायालयलाई रसातलमा पुर्‍याउने काम गरेको भन्दै सर्वोच्च बार अदालतले पूर्व प्रधान न्यायाधीश दामोदरप्रसाद शर्मालाई विदाइ नगर्ने निर्णय गरेको छ ।

आउने प्रधान न्यायाधीशलाई स्वागत र जानेलाई विदाइ गर्ने परम्परा तोडै सर्वोच्च बारले आइतबार प्रधान न्यायाधीश शाहलाई मात्रै कार्यक्रममा बोलाएर औपचारिक रुपमा शुभकामना र बधाइ दिएको हो ।

‘उहाँले विदाइ गर्न लायक कुनै काम गर्नु भएन’ बारका महासचिव बालकृष्ण ढकाललेर भने,’न्यायपालिकाको इतिहासमा यो दुःखलाग्दो अध्यायका रुपमा रहनेछ  ।’

स्वागतका लागि आफूलाई बोलाएकामा धन्यवाद दिँदै शाहले आफ्नो कार्यकाल सम्झना योग्य बनाउने काम गरेर बिताउने प्रतिबद्धता व्यक्त गरे को समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

‘प्रधान न्यायाधीशलाई विदाइ गर्न नपाएकामा तपाईहरुको चित्त दुखाइ सुनेँ’ उनले भने, ‘तर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, मलाई चाहिँ विदा गर्न बोलाउनु हुनेछ ।’

मष्तिस्क पक्षघातबाट निको भएका शाहले आफूले नयाँ जीवन पाएको भन्दै त्यसलाई कसैलाई पनि अन्याय हुन नदिई सदुपयोग गर्ने बताए ।

‘न्याय किन्ने चिज नभएर पाउने चिज हो’ उनले भने, ‘त्यो हरेकले पाउनु पछृ ।’

शामले जिल्लादेखिका विचौलियालाई आफूले चिनेको बताउँदै त्यसलाई निरुत्साहित गर्न तयार भएको बताएका थिए ।

कसैले न्यायमा विचलन ल्याउने काम गरेको भए त्यो तत्काल आफूलाई थाहा दिन उनले कानून व्यवसायीहरुलाई आग्रग गरे ।

अदालतमा चलमलाउने बिचौलियाहरुलाई पहिचान गरी नियन्त्रण गर्ने आफ्नो योजनासफल पार्न कानुन व्यवासायीको सहयोग आवश्यक भएको पनि उनले बताए ।

कानून व्यवसायीहरुले शर्माका पालमा कज लिष्ट (कुन मुद्दा कसको इजलाशमा भनी पेशी सूचि निकाल्ने अदालतको दैनिक काम) तोक्नै आधा दिन लाग्ने गरेको स्मरण गर्दै त्यसले अदालतको शाखै गिरेको टिप्पणी गरेका थिए ।

‘न्याय खोज्ने जनताले अदालतमा पुगेपछि न्याय पाईन्छ भन्ने अनुभूति गराउनु अहिलेको चुनौती हो’ नेपाल बारका अध्यक्ष हरिकृष्ण कार्कीले भने ।

समयमै पेशी नतोकिँदा आफू पनि दुःखी र पीडित हुने गरेको शाहले बताए ।

उनले भने, ‘अब त्यस्तो हुने छैन । अदालतको काम कारबाही चुस्त र जनमुखी बनाउन १० बजे नै कज लिष्ट तोक्ने र ११ बजे इजलास बस्ने काम सुरु भइसकेको छ ।’

न्याय सम्पादनलाई रोकेर न्यायाधीशहरुलाई गेष्ट लेक्चर तथा उद्घाटनका कार्यक्रममा नजान समेत निर्देशन गरेपछि धेरै हद्सम्म मुद्धा फछ्यौटमा सहयोग पुगेको उनको कथन थियो ।

देशभरका सवै जिल्ला र पूनरावदेन अदालतमा पनि १० बजे नै कजलितष्ट तोक्न निर्देशन दिएको शाहले बताए ।

न्यायाधीश समयमै इजलासमा बसेको नबसेको हेर्न सिसिटिभी प्रयोग गरिएको र त्यो सर्वोच्च मात्रै नभएर जिल्ला उपत्यकाका जिल्ला र पुनरावेदन अदालतमा समेत राखिएको उनले बताए ।

कार्यक्रममा नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष, महासचिव तथा बरिष्ठ अधिवक्ताहरुले अदालतको सुधारका लागि पहल गर्न शाहको ध्यानार्कषण गराएका थिए ।