२८ आश्विन २०८३, बुधबार

एनआरएन अध्यक्ष शेष घलेलाई खुलापत्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-thapa

श्रद्धेय अध्यक्षज्यु,

परदेशीको कोटी-कोटी नमस्कार !

भर् जन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

-आदिकवि भानुभक्त आचार्य

गाथमा आराम होला भन्ने लागेको छ र पशुपतिनाथले रक्षा गरुन ! यो खुलापत्र तपाईँले गरेको कामको खोट निकाल्न र धज्जी उडाउन पक्कै गरेको हैन । केवल आफू भाषा र साहित्य क्षेत्रमा निरन्तर रुपमा कलम चलाई रहने भएको नाताले सबैले सार्बजनिक रुपमा पढून भनी लेखेको हुँ ।

बिगत एक बर्षदेखि गैरआवासीय नेपाली संघको मुर्धन्य पदमा विराजमान भएदेखि सन्चोले बस्नुभएको छ होला भन्ने पक्कै लागेको छैन । तपाईँ आराम साथ बस्न पनि मन पराउनु हुन्न किनभने तपाईँको थाप्लोमा थुप्रै अभिभाराहरु छन् । तपाईँले गरेको परिश्रम, मेहनत र लगाब ,दृढ संकल्प, आत्मविश्वासप्रति आस्था राख्ने सबै स्वाभिमानी नेपालीले देखेका छन् ।

तपाईँको एकबर्षे कार्यकाल पनि सबैले मुल्यांकन गरेका छन् । तपाईँ राजनीतिक नेता जस्तो हुनुहुन्न किनभने तपाईँ जे भन्नुहुन्छ त्यो फत्ते गर्नुहुन्छ । भनेको कुरा पूरा गर्ने मानिस अहिले पाउन दुर्लभ हुन्छ । एकबर्षमा एनआरएनको उचाइ बढेको छ, आगामी दिनमा पनि बढाउने काम पक्कै गर्नुहोला ।

प्रतिबद्धता गरेका कुरामा सम्झौता नगर्ने तपाईंको बानी थाहा पाएकाले यहि मौकामा एउटा प्रस्ताव राख्ने आँट गरेको छु । यस्ले तपाईँ र एनआरएनए संस्था दुवैको हित र युगौयुगसम्म सबैले सम्झनेछन् भन्ने मलाई लागेको छ ।

र, मलाई लाग्दछ तपाईँले यो प्रस्तावलाई अस्विकार गर्नु हुन्न । र, साहित्य सम्बन्धी नेपाल र नेपालीहरुको लागि जीवन उत्सर्ग गर्ने महाकवि लक्ष्मीप्रसाद देवकोटा र आदिकवि भानुभक्त आचार्यको योगदानको मुल्यांकन गरी केही गर्न सकिने अवस्था हुन्छ भने एकपटक सोची दिनहुन् आग्रह छ ।

तपाईँले माटो छोए पनि सुन हुने समय छ । तपाईको पुर्खौली घर लमजुंगको छिमेकी जिल्ला तनहुमा जन्मेका आदिकवि भानुभक्त आचार्यको पुर्खौली घरको अवस्थालाई निहालौ । आदिकवि भानुभक्तको पुर्खौली घरलाई यहाँ जस्ता बोलेको कुरालाई पुर्याउनेको खाँचो रहेको मैले महसुस गरेको छु । आदिकविको पुर्खौली घरमा के गर्न सकिएला र यसले के चाहेको छ ? पुखौली घरलाई कायापलट गर्न सके बिश्वभरका भाषा र साहित्यमा लागेका तमाम नेपाली मुलका नेपालीले सदैब संस्था, यहाँँको कार्यकाल र यहाँको नामलाई अनन्त अनन्तकाल सम्म सम्झने छन् ।

अर्को, नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाकालाई पनि सम्झन म आग्रह गर्दछु । देवकोटालाई आर्थिक दरिद्र विपन्नताको चित्रण मात्रै गरिने भएकोले अहिलेसम्म उनका केहि रचनाहरु अर्थकै कारण प्रकाशित हुन् सकेका छैनन् भन्ने चर्चा परिचर्चामा आउने गरेको छ । यदि यो सत्य हो भने यहाँ जस्तै दानबीर र ठुलो मन भएकाहरुको ध्यान जानुपर्ने भएकोले ती अप्रकाशित रचनाहरु गैरआवासीय नेपाली संघको तर्फबाट र यहाँको बिशेष पहलमा प्रकाशित हुन सकेमा सुनमा सुगन्ध हुने थियो भन्ने लागेको छ ।

सबै कुराको ठेक्का लिन म आग्रह गर्दिन । तर ,आदिकवि र महाकविलाई मैले गरेको आग्रह मस्तिस्कमा राखे मात्र त्यही नै काफी हुनेछ । यहाँको हृदय ठुलो र आँट भएकोले परदेशमा रहेको एक नेपालीको मनको आवाज हो । सुस्वाथ्य तथा दिर्घायुको कामनासहित आउँदो एक बर्षे कार्यकाल सफलता पूर्वक बितोस ।

अन्त्यमा, लक्ष्मीप्रसाद देवकोटाले पैसा बारेमा लेखेको कविता राख्दै बिदा ।

संसार गोल छ धनै पनि बाटुलो छ
पैसा यही सब कुराहरूमा ठूलो छ ।
पैसा भए हृदयमा सुखले खुलो छ
पैसा यही सकल रोगविशे मुलो छ ।।

– लक्ष्मी प्रसाद देवकोटा

अस्तु !