२९ आश्विन २०८३, बिहिबार

ओलीका विश्वास पात्र थापाको ओलीलाई प्रश्न–इमान्दार कार्यकर्ताहरुको राजनीतिक जीवनमाथि खेलवाड किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

karna-thapaकाठमाडौँ, १६ कात्तिक । पूर्व उद्योग मन्त्री कर्ण थापाले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आफु मन्त्री हुँदा गरेको कामको लिखित जानकारी गराउनु भएको छ ।

उद्योग क्षेत्रको सुधारका लागि आफुले विभिन्न प्रयास गरेको भए पनि  पार्टी नेतृत्वले आफूलाई अपमानित ढंगले मन्त्रीबाट हटाएको भन्दै असन्तुष्ट बन्दै आउनु भएका मन्त्री थापाले आफु मन्त्री हुँदा गरेका कामको लिखित जानकारी संस्थागत रुपमा पार्टी नेतृत्वलाई जानकारी गराएको दैनिक नेपाललाई बताउनुभयो ।

अध्यक्ष केपी शर्मा ओलीका अति विश्वास पात्र मानिने थापाले बैठकमा नेतृत्वसँग आफूलाई अपमानति ढंगले हटाउनुको कारण समेत माग्नु भएको छ ।
उहाँले लिखित जानकारी पत्रमा आफ्नो कार्यकालमा कुनै पनि विवादास्पद निर्णय नगरेको तथा आफुले थालनी गरेको कामको परिणाम आउने समयमा  कुनै पनि जानकारी नगराई जिम्वेवारीबाट अपमानित ढंगले हटाएको बारेमा नेतृत्वको कढा आलोचना गर्नुभएको छ ।

उहाँले आफ्नो व्यक्तिप्रति कुनै गुनासो र आलोचना नरहेको भन्दै पत्रमा आफूले काम गरुञ्जेल पार्टीका नेता, कार्यकता वा आम जनताहरुको हुने सम्मको काम गरेको तर पार्टीले गरेको कामको प्रशंसा गर्नुको सट्टा अपमानित गरेको भन्दै चित्त बुझ्दो जवाफ दिन आग्रह समेत गर्नुभएको छ ।

‘विधिको शासन, संविधानको सर्वोच्चता, कानूनी राज्य प्रणाली, मानव अधिकारको ज्ञारेण्टी, स्वतन्त्र न्यायप्रणालीको विश्वव्यापी मान्यतालाई स्वीकार गर्ने पार्टीभित्र कसैले गल्ती नै गरेको छ भने गल्तीका बारेमा जानकारी पाउने र त्यस बारेमा स्पष्टिकरण दिन पाउने हक हुन्छ की हुँदैन ?’ उहाँले नेतृत्वप्रति कढा आलोचना गर्दै  प्रश्न समेत गर्नुभएको छ ।

नेतृत्वले पार्टीमा लागेका इमान्दार कार्यकर्ताहरुको राजनीतिक जीवनमाथि खेलवाड गर्न खोजेको समेत आरोप लगाउनु भएको छ । पार्टी नेतृत्वले अभिभावकत्वको भूमिका निर्वाह गर्न नसकेको भन्दै उहाँले नेतृत्वको उक्त निर्णयले सिंगो कर्णाली अञ्चललाई उपेक्षा गरेको दाबी गर्नुभएको छ ।

आफुले समग्र औधोगिक विकासका लागि पहल गरिरहेका बेला नेतृत्वले हटाएर उद्योगमाथि नै खेलवाड गरेको पनि उहाँको गुनासो छ ।  उहाँले सुदुरपश्चिमका बाजुर, मुगु, अछाम, वैतडी, बजाङ जिल्लामा औषधी केन्द्र स्थापना गर्नेलगायतका योजना अघि सारेको कुरा पनि उहाँले लिखित पत्रमा उल्लेख गरेको बताउनु भयो ।